News Category 2070/09/11
सप्तरीका सभासद् र कार्यालय प्रमुखबीच १२ बु“दे निर्णय
दैनिक संवाददाता
राजविराज, १० पुस ।
सप्तरीका सभासद् र कार्यालय प्रमुखहरुबीच भ्रष्टाचार अन्त्य गर्न र जिल्लामा विकासीय गतिविधि बढाउन बुधवार १२ बुँदे निर्णय भएको छ ।
संविधान निर्माणसँगै सप्तरीको विकासको मुद्दालाई अगाडी बढाएर सुझाव संकलनमा खटिएका सभासद्हरुलाई सबै कार्यालयले विकास निर्माणका कार्यक्रम र बजेटको सम्पूर्ण विवरण उपलब्ध गराउनेदेखी लिएर कार्यालयबाट भएको सम्पूर्ण खर्चको सार्वजनिक गर्ने सहितका निर्णय भएको हो ।
‘यो कार्यालय भ्रष्टाचार रहित हो’ भन्ने सूचना हरेक कार्यालयमा टाँस गर्नुपर्ने, सबै कार्यालय भ्रष्टाचार नियन्त्रण गर्न कार्यक्रमको खर्च पारदर्शित गर्ने, सार्वजनिक गर्ने, कार्यालय प्रमुखहरु कार्यालयमा कम बसेको पाईएकोले कार्यालयमा बस्ने वातावरण मिलाउने, विभिन्न समुहबाट चन्दा माग गर्ने प्रवृत्ति बढ्दै गएको कारण कार्यालय प्रमुखहरुलाई कार्यालयमा बस्न असहज भएको भन्ने कुरा स्वयम कार्यालय प्रमुखहरुबाट ब्यक्त भएकाले अबदेखि कसैलाई चन्दा नदिने, चन्दा माग्ने समुहलाई निरुत्साहित गर्न मद्दत गर्ने र यस्तो समस्या आएमा कार्यालय प्रमुखको बैठकमा समेत जानकारी गराउने निर्णय भएको हो ।
यस्तै जिल्ला वन कार्यालयबाट शीतलहरको ब्यवस्थापनको लागि दाउरा उपलब्ध गराउने, स्थानीय निकायले आवश्यक ठाउँमा दाउरा बाल्ने प्रबन्ध मिलाउने, हात्तीबाट जिल्लाको पूर्वी भेगमा भएको आतंक नियन्त्रण गर्न पहल गर्ने, चुरे क्षेत्रको वन संरक्षण गर्न विशेष ध्यान दिने तथा वन संरक्षण बारेमा प्रचार–प्रसारको कार्य गर्ने, जिल्ला शिक्षा कार्यालयले जिल्ला शिक्षा समितिलाई पूर्णता दिने र यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्ने, दरबन्दी मिलानको कार्य तुरुन्त प्रारम्भ गर्ने तथा आवश्यक दरबन्दी मन्त्रालायसँग जिल्ला शिक्षा कार्यालयले माग गर्ने र यसको जानकारी सभासद्हरुलाई दिने एवं सभासद्हरुबाट सरकारमा स्वीकृतीकालागि पहल गर्ने, गाविसमा रहकम निकासा लिई खर्च नगर्ने, सामाजिक सुरक्षा भत्ता लगायत अन्य रकम समयमा वितरण नगर्ने र समयमा खर्च विवरण नपठाउने गाविस सचिवहरुलाई आवश्यक कानुनी कारबाही गर्ने तथा यसमा सबैबाट सहयोग पु¥याउने, सबै गाविस सचिवहरुलाई गाविसमा नै अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाउने र अञ्चल अस्पतालको सुधार, ब्यवस्थापन दयनीय देखिएकोले सुधारको कार्यक्रम ल्याउन जिल्ला विकास समितिको कार्यालय, नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।
कार्यालय प्रमुखको बैठकमा सप्तरीमा सभासद्हरुबाट विकास निर्माणमा देखाईएको चासो र प्राप्त निर्देशनहरुलाई सबै कार्यालय प्रमुखहरुले गम्भीररुपमा लिने र समयपालन तथा भ्रष्टाचार उन्मुलनमा विशेष ध्यान दिने निर्णय भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको संयोजकत्वमा सम्पन्न बैठकमा सभासद्हरु उमेशकुमार यादव, अशोककुमार मण्डल, मानपुर चौधरी, ताराकान्त चौधरी, तेजुलाल चौधरी र सुरेन्द्र यादव तथा जिल्लाका सबै कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ