News Category 2075/05/13
सप्तकोशीको बाढीले सप्तरीको ४ सय ५० घर डुवानमा
दैनिक समाचारदाता
राजविराज, १२ भदौं ।
सप्तकोशी नदीको पानी बस्तिमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाको गरि ४ सय ५० घर डुवानमा परेको छ ।
पहाडी क्षेत्रमा भारी वर्षासँगै सोमबार राती कोशी नदीमा पानीको बहाव उच्च भएपछि सो पानीले नदी किनारका बस्तिहरु डुवानमा परेको हो ।
पानीको उच्च वहावका कारण बाढी वस्तीमा पस्दा हनुमाननगर कंकालिनी नगरपालिकाको वडा २, ५, ७ , ११ र १२ का गरी करीब ३ सय ८० र तिलाठी कोइलाडी गाउँपालिकाको वडा ५ र ७ का ७० गरी ४ सय ५० घर डुवानमा परेको छ ।
बाढीले हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय, लिलजा ठाकुर प्राथमिक विद्यालयसहित सयौं संख्यामा घर डुवानमा पारेपनि मानवीय क्षति भने नभएको प्रहरी नायब उपरिक्षक भवेश रिमालले जानकारी दिए । उनका अनुसार बाढी प्राभावित क्षेत्रमा राहत तथा उद्धार टोली परिचालन गरिएको छ । बाढीका कारण जोखिममा रहेका विद्यालयहरु बन्द गरिएको छन् भने प्रहरीले सुरक्षित स्थानमा बस्न स्थानीयलाई अनुरोध गरेका छन् ।
घर डुवानमा परेपछि पीडित परिवार नजिकैको पश्चिमी तटबन्ध तथा ब्लक भवनमा आश्रय लिएका छन् । सुरक्षित ठाउँमा आएका कतिपय पीडितहरुले सरसामान र पशुचौपाया जोगाइदिन आग्रह गरेका छन् ।
यसैबीच मंगलवार विहानैदेखि प्रदेश २ का सामाजिक विकाश मन्त्री नवलकिशोर साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, सुरक्षा निकायका प्रमुखहरु बाढी प्रभावित क्षेत्रमा पुगेर निरिक्षण गर्नुका साथै तत्कालीन राहत वितरण कार्य शुरु गरेको छ ।
स्थानीय प्रशासन, नगरपालिका र प्रदेश सरकारको समन्वयमा बाढीपीडितलाई तत्कालीन राहत स्वरुप पाल, च्यूरा–मुरही तथा सुरक्षित ठाउँमा बस्ने व्यवस्था मिलाईएको प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । उनले बाढी पिडितको राहतका लागि नगरपालिका, स्थानीय प्रशासन र प्रदेश सरकारले मिलेर काम गर्ने बताए ।
उनले भारतीय पक्षले ठाउँ ठाउँमा पानीको मुहान थुन्ने गरी बनाएको उच्च बाँधका कारण बाढी नियन्त्रणमा समस्या भएको जिकिर गर्दै यसको सामाधानका लागि प्रदेश सरकारले पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
स्थानीयले भने वर्षाका बेला प्रत्येक वर्ष सप्तकोशीको बाढीले दुःख दिएको भन्दै स्थायी सामाधानका लागि पहल गर्न माग गरेका छन् ।
यता सप्तकोशी ब्यारेजमा मंगलवार दिउँसो पाँच बजे पानीको बहाव १ लाख ७७ हजार क्यूसेक प्रतिसेकेण्ड रेकर्ड भएको छ । पानीको वहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये १९ वटा ढोका खोलिएको ब्यारेजको कन्ट्रोल रुमले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ