News Category 2075/05/14
घरमा पानी छिरेपछि सुत्केरी र नवजात शिशु जोगाउन रातभर जाग्राम
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
सप्तकोशी नदीमा पानीको बहाव सतह भन्दा माथी पुगेपछि सप्तरीको ४ सय ५० घर डुवानमा परेको छ । बस्ति डुवानमा परेपछि स्थानियहरु कष्टकर जिवन बिताउँन बाध्य भएका छन् ।
कोशीको पानी घरमा पसेपछि स्थानियहरु दुई दिनदेखी घरमा खाना समेत पकाउन सकिरहेका छैन् । सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरु सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बास लिन बाध्य भएका छन् ।
यसैबीच बस्तीमा पानी छिरेपछि हनुमाननगर कंकालिनी नगरपालिका १२ की ३ दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरीएर कष्टकर र जोखीमपुर्ण जिवन विताउन बाध्य भएकी छिन् ।
फुसको घर चारै तीर बाढीको पानीले घेरिए पछि २३ वर्षिया सहनाज खातुनको विजोग भएको छ । सुरक्षित स्थानको अभाव र घरमा २ फिट सम्म पानी जमेपछि उनलाई नवजात शिशुसंगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ ।
यता सुत्केरी वस्ने ठाउँमा विषेश गरी विषालु धामन सर्प आउन थालेपछि आफु रातभर जाग्राम वस्ने गरेको उनका पति मो.साहिलले बताए । उनले भने, “बाढीको पानीसंगै सर्पहरु पनि बगेर आउने गरेका छन,उनले थपे“ सुत्केरी जोगाउनका लागी रातदिन लठ्ठी लिएर सर्पको पहरा गर्नू परेको छ ।”
बुधवार विहान सम्ममा आफुले घर भित्र पानीसंगै प्रवेश गर्न खोजेको दूई वटा सर्पलाई लठ्ठीले हिर्काएर धपाएको समेत उनले जानकारी दिए ।
आफन्त नजिकमा कोही नभएको र आर्थिक हैसियत पनि नभएकाले सुत्केरीलाई घरमै राखेको उनले लाचारी सुनाए । बाढी प्रभावित ती वस्तीमा बहुसंख्यक विपन्न र दलित समुदायको वसोवास छ ।
यसैबीच प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह सहनाज खातुनको हालत देखेर उनको सुरक्षाका लागी उचित प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउँदै पोषिलो खानेकुरा र लत्ता कपडाको व्यवस्था भने मिलाइ दिएका छन् ।
झण्डै २० वर्षपछि सप्तकोशीको बाढी यस वस्तीमा पसेको स्थानीयले बताएका छन् । सोमबार वेलुका आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिका र तीलाठी कोईलाडी गाउँपालिका गरी ४ सय ५० घर डुबानका परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ