News Category 2075/05/15

सामाजिक परिचालकको आन्दोलनमा प्रहरीद्वारा बल प्रयोग, चार जना घाइते र ४६ जना पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १४ भदौं ।
सामाजिक परिचालकहरुको १८ औ दिन बिहीबार शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना सामाजिक परिचालकहरु घाइते भएका छन् । 
जनकपुरस्थित क्याम्पस चौकबाट सामाजिक परिचालकहरुले ¥याली निकाली प्रदेश सभा अगाडी प्रर्दशन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा तीन महिला र एक पुरुष गरि चार जना सामाजिक परिचालक घाइते भएको नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ का अध्यक्ष शिवशंकर मेहताले जानकारी दिएका छन् । 
प्रहरीको कुटाईबाट बुधन साह बेहोस भएका छन् भने भावना श्रेष्ठको नाकमा चोट लागेको छ । त्यस्तै सुरेखा महत र रेखा चौधरीलाई हातमा चोट लागेको उनले जानकारी दिए । जसमध्ये बुधन साहको अंचल अस्पताल जनकपुरमा उपचार भईरहेको जनाइएको छ । 
सोही क्रममा पुरुष प्रहरीले महिला आन्दोलनकारी माथि हातपात गर्दै पाँच महिलासहित ४६ जना सामाजिक परिचालकहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जनाइएको छ । 
यता अध्यक्ष मेहताले आन्दोलनकारीले बोकेको ब्यानर र प्ले कार्ड समेत खोसी प्रहरीले गरेको लाठी चार्ज लोकतान्त्रिक पद्वतीको खिल्ली उडाएको र मानव अधिकारको समेतको हनन् भएको भन्दै घटनाको भत्र्सना गरेका छन् । उनले आगामी दिनमा प्रहरी प्रशासनको यस्तै दमन नीति जारि रहे प्रशासन विरुद्ध नै आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यस्तै पक्राउ पर्नेहरुमा आन्दोलन परिचालन संघर्ष समितीका संयोजक रामसुबोध यादव, प्रदेश सचिव मुकेश मेहता, प्रदेश उपाध्यक्ष संतोष कुमार राय, सदस्य नरेश पासवान, अन्जय यादव, मनोज कुमार यादव, संजु कुमारी देव, द्रोपती चौधरी, हेमनारायण दास, रामजिवन शरण, गजेन्द्र प्रसाद यादव, भुवनेश्वर पासवान, अशोकनन्द चौधरी, अनिता कुमारी यादव, बबिता ठाकुर, नन्द कुमार साह, बिजय कुमार कुशवाहा, रामलखन चौधरी, सत्य प्रीय मिश्रा, रामसकल पटेल, ब्रहमदेव ठाकुर, रामदुलार राम, रामशंकर सदा, कपलेश्वर साह, अनिल कुमार झा, रामजी महरा, कृष्णा कुमारी सिंह, बजरग प्रसाद साह, बिरेन्दर पंडित, महताब आलम, सत्यनारायण साह, ंओमप्रकाश यादव, जितेन्द्र साह, नन्दलाल राय, संजिव कुमार यादव, जयकरण चौधरी, नवीन कुमार सिंह, प्रकाश मोची, सुनिल पाण्डेय, सियाराम यादव, सहसचिव मनोज कुमार गुप्ता, सुरेश केशरी, जटाशंकर साह, दिलेन्द्र चौधरी रहेका छन् ।
असार मसान्तपछि पदविहीन बनाइएको भन्दै सामाजिक परिचालकहरुले विगत १८ दिनदेखी प्रदेश २ को राजधानी जनकपुरमा शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेका छन् । 
स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा (२) का अनुसार स्थानीय तहमा सामाजिक परिचालकमा नियुक्त गरिएकोमा २०७४ साल पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट सामाजिक परिचालकलाई अवकाश दिइएको थियो । सोको विरोध भएपछि २०७४ चैत १६ गते सामान्य प्रशासन मन्त्रालयले सामाजिक परिचालकहरूलाई स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गर्ने गराउने गरी २०७५ असार मसान्तपछि केन्द्रीय सरकारको कुनै दायित्व नरहने गरी नियुक्ति दिइएकामा सो म्याद सकिएपछि आफूहरू पदविहीन भएको अध्यक्ष मेहताले बताए । 
संघले नेपाल सरकारको सम्पूर्ण सेवासुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृर्जना गर्दै स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने माग अघि सार्दै आन्दोलनलाई निरन्तरता दिइरहेको छ । 
असार मसान्तपछि प्रदेश नंं २ का ८ सय ५४ तथा देशभरीका ४ हजार ६ सय ६४ जना सामाजिक परिचालकहरु पदविहीन भएका छन् । 

प्रतिकृया दिनुहोस