News Category 2075/05/16
बाढीपीडित दुई सय परिवार बाँधमा अस्थायी शिविर बस्न बाध्य, गर्भवति, सुत्केरी तथा एकल महिलालाई डिग्निटी किट वितरण
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका बाढी प्रभावित गर्भवति, सुत्केरी तथा एकल महिलालाई सहयोग हुने खालका २ सय ५० थान मर्यादा सामग्री (डिग्निटी किट) शुक्रबार वितरण गरिएको छ ।
संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा नगरपालिकालाई प्रदान गरिएको उक्त डिग्नीटि किट मेयर शैलेश कुमार साह, युएनएफपिएका नरेन्द्र कुमार मिश्रसहितकाले वितरण गरे ।
कोशी नदीमा आएको बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको ६ वटा वडाका ५ सय ४० परिवार प्रभावित भएका छन् । ती प्रभावित परिवार मध्ये करिब दुई सय परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविरमा बसिरहेका छन् ।
यसैगरी तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनका ३० परिवारको घर डुबानमा परेको छ ।
बाढी प्रभावित वडाहरुमा रहेको चर्पी तथा खानेपानी ट्यूबेल बाढीको पानीमा डुबेको छ । चर्पी डुबेकाले त्यहाँका बासिन्दाहरु खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको छ । खाने पानीको लागि बाँधको पश्चिमी भागमा डुबानमा पर्नबाट जोगिएको ट्यूबेलको पानी बाढी प्रभावितहरुले खाने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ