News Category 2075/05/16
संस्थाका अध्यक्षले ४० औं पटक गरे रक्तदान
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको २० औं साधारणसभाको अवसरमा शुक्रबार राजविराजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रमको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ब्यानर पढेर उद्घाटन गरे । उद्घाटन गर्दै प्रजिअ पौडेलले संस्थाले गरेका कामहरु सहनिय रहेको भन्दै आउँदो दिनहरुमा संस्थाले जनहितका लागि अझै सक्रियताका साथ काम गर्न सुझाव दिए ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र रहेको रक्त संकलन केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा दुई महिलासहित २२ जनाले रक्तदान गरेका छन् ।
सो कार्यक्रममा संस्थाका कर्मचारी, पदाधिकारी, शुभेच्छुक लगायतले रक्तदान गरेको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
यसैबीच शुक्रबार रक्तदान गरेसँगै संस्थाका अध्यक्ष चौधरीले ४० औं पटक रक्तदान गरेका छन् भने संस्थाका शुभेच्छुक प्रविण कुमारले पनि २५ औं पटक रक्तदान गरे ।
संस्थाका अध्यक्ष चौधरीसँगै रक्तदान गर्नेहरुमा मिथिलेश कुमार यादव, सुनिल कुमार चौधरी, ब्रजेश कुमार यादव, बिपिन कुमार चौधरी, प्रविण कुमार, आरती कुमारी चौधरी, सचिन्द्र कुमार मण्डल, शिव विलास यादव, रमेश कुमार राम, प्रदिप कुमार मेहता, सरोज कुमार मण्डल, बिरेन्द्र चौधरी, किशोरी प्रसाद शर्मा, मिथिलेश कुमार देव, धिरेन्द्र कुमार चौधरी, भुपेन्द्र कुमार चौधरी, कौशल्या कुमारी यादव, रामसुन्दर यादव, भुपेश कुमार भूप र रामप्रमेश मण्डल रहेका छन् ।
त्यसैगरि रक्तदान गर्नेहरुलाई शुक्रबारै संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले प्रमाणपत्र बितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ