News Category 2070/09/22
सैनिक श्रीमति संघद्वारा शितलहर पीडितहरुलाई राहत वितरण
दैनिक संवाददाता
राजविराज, २१ पुस ।
शितलहरबाट प्रभाबित सप्तरीको हरिहरपुर, पकरी र दिघवा गाविसका बृद्धबृद्धा, सुत्केरी, बिपन्न र आपाङ व्यक्तिहरुलाई नेपाली सेना सैनिक श्रीमति संघले राहत सामग्री तथा औषधी बितरण गरेको छ ।
श्रीमति संघले तीन वटै गाविसका १ सय १० परिवारलाई प्रति परिवार एक थान मण्डी, पुरुषको कपडा १ सेट, महिलाको कपडा एक सेट र बच्चाको कपडा एक सेट बितरण गरेको हो ।
पकरी गाविसस्थित कृषि हटियामा आइतबार आयोजित बितरण कार्यक्रममा सैनिक श्रीमति संघका सल्लाहकार नम्रता बस्न्यातले लताकपडा लगायतका सामग्री बितरण गर्नुभयो ।
पुर्वी पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी बिनोज बस्न्यात, नम्बर १८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकृष्ण अधिकारी, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवर लगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, रेडक्रस सोसार्यटीका प्रतिनिधी तथा सम्बन्धित गाविसका सचिवहरुको उपस्थितिमा सम्पन्न राहत बितरण कार्यक्रममा कृष्ण दल गणका गणपति प्रमुख सेनानी राजेन्द्रमणि गिरी, स्थानिय विकास अधिकारी कृष्णप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा सैनिक फिल्ड अस्पताल इटहरी र कृष्ण दल गणकोे चिकित्सकहरुको संयुक्त टोलीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्थानियहरुको स्वास्थ्य जाँच गर्नुको साथै औषधी समेत बितरण गरेको जनाएको छ ।
सो शिविरमा १ सय २० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा सैनिक फिल्ड अस्पताल इटहरीबाट आएका डा. उपसेनानी वृक्षा गुरुङ्ग, प्राविधिक सुवेदारद्वय बम बस्नेत र मौसमी भेटवालको टोलीले शिविरमा स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ