News Category 2070/09/22
विद्युत हुकिङ गर्ने ४५ जना पक्राउ
अमिर नारायण यादव
राजविराज, २१ पुस ।
बिद्युत प्राधिकरण कार्यालय राजविराजले शुरु गरेको चुहाबट नियन्त्रण अभियान अन्तर्गत बिगत एक साताको अवधीमा सप्तरीको बिभिन्न गाविसबाट ४५ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ ।
हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरण राजविराजले सप्तरीको नकटी रायपुर, कटैया, झुटकी, रामपुर जमुवा, मलहनवा, बेल्ही, पार्ताहा लगायतका गाविसबाट पक्राउ परेका ४५ जनाबाट एक लाख ३५ हजार नगद जरिवाना तिराएको जनाएको छ ।
अभियानका क्रममा उनीहरुबाट मोटर ८ थान, मिटर २ थान, टुबेल २ थान, एलसीडी १ थान, कोडालो १ थान र साइकल १ थान बरामद गरेको बिद्युत प्राधिकरण कार्यालय राजविराजले जनाएको छ ।
अभियानका क्रममा पक्राउ परेका सबैबाट रु. ५ हजार जरिवाना तिराएर छोडिने गरिएको बिद्युत प्राधिकरण कार्यालय राजविराजका प्रमुख शम्भु कुसियैतले जानकारी दिनुभयो । बिद्युत चुहाबट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरेपछि हुकिङ गरेर बिद्युत चुहाबट गर्नेहरु पक्राउ पर्न थालेको प्रमुख कुसियैतको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ