News Category 2070/09/22
विद्युत हुकिङ गर्ने ४५ जना पक्राउ
अमिर नारायण यादव
राजविराज, २१ पुस ।
बिद्युत प्राधिकरण कार्यालय राजविराजले शुरु गरेको चुहाबट नियन्त्रण अभियान अन्तर्गत बिगत एक साताको अवधीमा सप्तरीको बिभिन्न गाविसबाट ४५ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ ।
हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरण राजविराजले सप्तरीको नकटी रायपुर, कटैया, झुटकी, रामपुर जमुवा, मलहनवा, बेल्ही, पार्ताहा लगायतका गाविसबाट पक्राउ परेका ४५ जनाबाट एक लाख ३५ हजार नगद जरिवाना तिराएको जनाएको छ ।
अभियानका क्रममा उनीहरुबाट मोटर ८ थान, मिटर २ थान, टुबेल २ थान, एलसीडी १ थान, कोडालो १ थान र साइकल १ थान बरामद गरेको बिद्युत प्राधिकरण कार्यालय राजविराजले जनाएको छ ।
अभियानका क्रममा पक्राउ परेका सबैबाट रु. ५ हजार जरिवाना तिराएर छोडिने गरिएको बिद्युत प्राधिकरण कार्यालय राजविराजका प्रमुख शम्भु कुसियैतले जानकारी दिनुभयो । बिद्युत चुहाबट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरेपछि हुकिङ गरेर बिद्युत चुहाबट गर्नेहरु पक्राउ पर्न थालेको प्रमुख कुसियैतको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ