News Category 2070/09/23
अख्तियारको आ“खा जिविस र शिक्षा कार्यालय सप्तरीमा
दैनिक संवाददाता
राजविराज, २२ पुस ।
जिल्ला बिकास समिति र जिल्ला शिक्षा कार्यालयबाट सञ्चालित योजनाहरुमा भएको अनियमितता बारे अनुगमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्चस्तरीय टोली सोमवार राजविराज आईपुगेको छ ।
नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरिक्षक रिमोसियोम खामीको नेतृत्वमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पाँच सदस्यीय उच्चस्तरीय टोलीले सोमवारदेखि नै आफ्नो काम शुरु गरेको छ ।
टोलीले सोमवार पहिलो दिन जिल्ला शिक्षा कार्यालयद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन अनुसन्धान गर्नका लागि कार्यक्रमहरुको कागजातहरु माग गर्नुको साथै कार्यक्रमहरुमा भएको अनियमितता बारे छानविन गर्न शुरु गरेको श्रोतले जनाएको छ ।
अख्तियारको टोलीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा भएको अनियमिमता बारे परेको उजुरी बारे छानविन गर्नुको साथै बिद्यालयहरुमा पुगेर बिद्यालयहरुमा भएका अनियमिता बारे छानविन गर्ने र छानविनका क्रममा दोषी पाइएकाहरुमाथि कार्वाहीका लागि सिफारिस गर्ने श्रोतले बताएको छ ।
सुबिद्याका लागि जिल्लामा व्यापक रुपमा झोले बिद्यालयहरु खुलेको र छात्रबृति, भवन निर्माणका लागि प्राप्त अनुदान लगायतका शिर्षमा व्यापक अनियमिता भएको र जिल्ला विकास समितिद्वारा सञ्चालित योजनाहरुमा अनियमितता भएको तथा गाविस सचिवहरुले नक्कली बिल भरपाई बनाएर रकम अनियमिता गरेको उजुरीहरु पर्न थालेपछि अख्तियारको टोली अनुगमनका लागि सप्तरी आईपुगेको जनाइएको छ ।
टोलीले जिल्ला बिकास समिति, गाविसहरु, जिल्ला शिक्षा कार्यालय र बिद्यालयहरुको अनुगमन, अनुसन्धान र छानबिन पश्चात पत्रकार सम्मेलन मार्फत अनुगमनका क्रममा फेला पार्ने तथ्थहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यसअघि दुई दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिद्यालयमा जिलला शिक्षा कार्यालयबाट आएको ९ लाख रुपैयाँ अनियमितता गरेका भन्दै भगवती राप्राविका प्रअ नागेश्वर मण्डललाई कार्वाहीका लागि बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ