News Category 2070/09/25
डिएसपी चौधरी सम्मानित
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
सप्तरीबाट सरुवा हुनुभएका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीलाई यहाँका सञ्चारकर्मीहरुले बुधवार सम्मान गरेका छन् ।
मधेशी पत्रकार समाज सप्तरीले जिल्लाबाट महानगरीय प्रहरी बृत बौद्ध काठमाण्डौ सरुवा हुनुभएका प्रहरी नायब उपरिक्षक चौधरीको सम्मानमा बुधवार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा सञ्चारकर्मीहरुले चौधरीलाई फुलमाला अबिर तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रहदाँ जिल्लामा हुने घटना, दुर्घटना लगायतका सुचनाहरु उपलब्ध गराएर सहयोग गरेको भन्दै प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, मधेशी पत्रकार समाजका केन्द्रीय सचिव संजीव बिक्रम शाहले संयुक्त रुपमा चौधरीलाई सम्मान गर्नुभयो ।
मधेशी पत्रकार समाज सप्तरीका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित सम्मान तथा बिदाई समारोहमा बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साह, सचिव राजेश झा, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, नागरिक संजालका संस्थापक सुखराम यादव, मधेशी पत्रकार समाजका सल्लहाकार श्रवण कुमार देव लगायतले प्रहरी नायव उपरिक्षक चौधरीले गरेको सहयोग र सद्भाव अबिस्मरणीय रहेको भन्दै प्रसंशा गर्नुभयो ।
यसैबीच सोही कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले डिएसपी चौधरीलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ