News Category 2070/09/25
प्रहरीले जाहेरी लिन अस्विकार गरेको पीडितको आरोप
दैनिक संवाददाता
राजविराज, २४ पुस ।
आफूलाई अपहरण गर्ने कार्यमा संलग्नहरु बिरुद्ध प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन अस्विकार गरेको एक बालिकाले आरोप लगाएकी छिन् ।
अपहरणबाट मुक्त भएकी सप्तरीको रुपनगर ९ घर भई राजविराज ९ मा डेरा लिएर बस्दै आएकी बुलन्तीदेवी यादवकी १३ वर्षिया छोरी सबिता यादवले आफूलाई अपहरण गर्ने बिरुद्ध प्रहरीले उजुरी लिन अस्विकार गरेको आरोप लगाएकी हुन् ।
पीडित बालिकाले राजविराजमा बुधबार पत्रकार सम्मेलन गरि आफूलाई अपहरण गर्ने कार्यमा संलग्न राजविराज नगरपालिका ९ निवासी ५५ वर्षिय रामप्रसाद देव, निजकी श्रीमती बिमलादेवी देव, निजका छोरा राजिवकुमार देव, उनीकी श्रीमती सीमादेवी देव, रामप्रसाद देवकी छोरी रचना कुमारी देव, निजका पति सरोज कुमार देव र बभनगामा कट्टी घर भई मोरङको बिराटनगर उपमहानगरपालिका १६ निवासी जगदीश प्रसाद देव र निजकी श्रीमती सिन्धुदेवी देव बिरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरी पुग्दा प्रहरीले जाहेरी लिन अस्विकार गरेको गुनासो गरेकी छिन् ।
गत २०६९ साल कात्तिक १४ गते साँझ स्थानीय राजदेवी विद्यालयबाट अध्ययन गरेर फर्किदै गर्दा राजविराज ९ राजदेवी रोडबाट अपहरण गरि अभियुक्तहरुले शारीरिक र मानसिक यातना दिएको आरोप लगाउँदै सुरुमा जगदिश देवको बिराटनगरस्थित घरमा र त्यसपछि बिरगन्जस्थित आफ्ना घरमा थुनेर यातना दिएको आरोप उनले लगाएकी छिन् ।
पछि राजविराजस्थित रामप्रसाद देवको घरमा बन्धक बनाइरहेको अवस्थामा यही २०७० साल असोज १७ गते कोही नभएको मौकाछोपी आफू त्यहाबाट उम्किन सफल भएको सबिताको भनाई छ ।
सोही पत्रकार सम्मेलनमा बुलन्तीदेवी यादवले छोरीलाई अपहरण गर्ने कार्यमा संलग्न सबैलाई कारवाही गर्न सम्बन्धीत निकायसँग माग गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ