News Category 2075/08/06
क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा
ओट्टावा, ओन्टारियो (रासस÷एपी) ।
क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।
क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताउनुभयो । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ ।
यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चारमाध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायीरुपमा कर छुट दिइएको छ ।
गैर–नाफामूलक सञ्चार संस्थाले पनि यो कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ । संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री मोर्निउले भन्नुभयो, “हाम्रो लोकतन्त्र र समुदायमा स्वतन्त्र सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ र राज्यले त्यसको संरक्षण गर्नु पर्दछ । यही धारणाका आधारमा क्यानडाको पत्रकारितालाई मद्दत गर्ने सोच अघि सारिएको हो ।”
टोरन्टो स्टारका मालिक एवं टार्सटार कर्पोरेशनका अध्यक्ष जोन होन्डेरिकले सरकारको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताउनुभयो ।
विगत १० वर्षको अवधिमा क्यानडामा २५० भन्दाबढी अखबार बन्द भइसकेका छन् भने सन् २०१२ यता अखबारको आम्दानीमा ४० प्रतिशतको हाराहारीमा कमी आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ