News Category 2075/08/08

सप्तरीको मानवअधिकारको अवस्था सम्बन्धी इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन (मानवअधिकार वर्षपुस्तक)

दैनिक समाचारदाता

मनोहरकुमार पोखरेल
    मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक जिल्लामा मानवअधिकार सम्बन्धी गतिविधिहरुको तथ्यगत घटना संकलन, अभिलेखीकरण र प्रसारण कार्य गर्दै आएको छ । अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, देशका विद्यमान कानुनहरुको पालना भए नभएको लगायतका विषयमा चासो राख्ने इन्सेकले मानवअधिकारसँग सम्बन्धित रहेर कार्यहरु गर्दछ । इन्सेकले मानवअधिकारसँग सम्बन्धित घटनाहरुको संकलन र अनुगमन गर्दै विश्वमा नै उत्कृष्ट र तोकिएको समयमा फागुन ७ गते मानवअधिकार बर्ष पुस्तक प्रकाशित गर्दै आएको छ । सोही क्रममा प्रकाशन पूर्व वर्षको दुई पटक पूर्वसमीक्षा गरिने भएकोले नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को वार्षिक प्रतिवेदनको पूर्व समीक्षा कार्यक्रम गर्न गइरहेका छौ । इन्सेक सप्तरीले २०१८ जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा भएका मानवअधिकार हनन्, उल्लंघन तथा ज्यादतीका घटनाहरुलाई सत्यतथ्य परक तथा पूर्णता र आधिकारिकता दिने उद्देश्यले पूर्व समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।
    यस अवधिमा बढी चर्चामा रहेको घटनामा एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा उनका दाजु पुर्पक्षका लागि थुनामा परे । बालिका बलात्कार आरोपित सहोदर काका फरार छन् । एकल १ महिलाको बलात्कार पछि हत्या भएको आरोपमा चार जना गिरफ्तार भएका छन् । १ महिला हत्या आरोपमा पति र ससुरा गिरफ्तार छन् । १ गर्भवती महिलाको हत्या आरोपमा परिवारकै पाँच जना थुनामा छन, सोही घटनामा हत्या भएको भनिएकी उनकी छोरी र पतिको लाश फेला परेन । आफ्नै परिवारका सदस्यद्वारा २ पुरुषको हत्या भएको घटनामा तीन जना थुनामा छन् । वाइसिएल वडा सहसंयोजकको १ हत्या घटनामा एक जना थुनामा र एक जनालाई संरक्षकको जिम्मा लगाइएको छ । अन्य १३ जना फरार छन् । वडा अध्यक्षले १ जनालाई धम्की दिएको र प्रहरीले यातना दिएको १ घटना सार्वजनिक भएका छन् । 
    यो अवधिमा बालिका बलात्कारको घटनामा निकै बृद्धि भयो । बलात्कारको ३२ वटा घटनामा दुई, तीन वर्षीया समेत गरी ३३ बालिका पीडित भए । आरोपितमा १२ र १३ वर्षका समेत गरी नौ बालकदेखि ६५ वर्षीय बृद्धसमेत ४३ जना रहे । तीमध्ये १७ जना थुनामा र ११ जनाविरुद्ध वारेण्ट जारी छ भने ६ जना फरार छन् । छठको विहान भएको घटनामा एक जना मंसिर १ गते गिरफ्तारीमा परेका छन् । बाल बिज्याईको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैदसजाय स्थगन भएको छ । तीन जनाले सफाई पाए भने एक धरौटीमा रिहा भए ।
    बालिका यौन दुव्र्यवहारका १३ घटनामा ३ र ६ वर्षका बालिका पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहे । जसमध्ये तीन जना बालक बालसुधार गृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन् । एक जनालाई कैद सजाय भएको छ, पाँच जना थुनामा छन् भने तीनजना धरौटीमा रिहा भएका छन् । एक जनालाई वारेण्ट जारी भएको छ भने एक जना फरार छन् । 
    बालविवाह ३ घटनामा आरोपित एक भारतीय नागरिक थुनामा छन्, अर्का भारतिय धरौटीमा रिहा भएका छन भने एउटा बालविवाहको उजुरी दर्ता भएको छ । बालिका अपहरणको २ घटनामा दुबै जना फरार छन् । प्रेम गरेको आरोपमा घरबाट निकालिएकी १४ वर्षीया १ बालिकालाई अधिकारकर्मी र प्रहरीको प्रयासमा ५७ दिनपछि बुवाआमाको जिम्मा लगाएर घर फर्काइएको छ । 
    महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बने । आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहे । जसमध्ये १० जना थुनामा छन, एकजनाले सफाई पाएका छन् । सात जना फरार रहेका छन् भने ६ जनालाई वारेण्ट जारी भएको छ । महिला यौन दुव्र्यवहारका ४ घटनामा १९, २०, ३३ र ३५ वर्षीया चार महिला पीडित भइन् । आरोपित २५ वर्षीय एक जनाले सफाई पाए, १९ र २५ वर्षीय दुई जना धरौटीमा रिहा भए भने २० र २१ वर्षीयमाथि वारेण्ट जारी भएको छ । 
    पछिल्लो ६ महिनामा बहुविवाहका घटनामा समेत निकै बृद्धि भयो । एक वर्षको अवधिमा २० वटा घटनामध्ये दुई जना थुनामा, १० जना धरौटीमा रिहा, ८ जनाविरुद्ध म्यादी पुर्जी जारी भयो भने १९ जना फरार रहेका छन र हालै एक जना गिरफ्तार भएका छन् । गर्भपतनका १ आरोपित धरौटी राखेर तारेखमा रिहा भए भने अर्को घटनामा १ जना धरौटीमा रिहा र पाँच जना विरुद्ध म्यादी पुर्जी जारी भयो । कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको ५ घटनामा एक थुनामा, तीनजना धरौटीमा रिहा भए भने १३ जना विरुद्ध म्यादी पुर्जी जारी भयो । 
    बिद्यालय तोडफोड गरेको आरोपमा १ जना, अस्पताल तोडफोड गरेको आरोपमा १ र शिक्षक कुटपिटको आरोपमा १ जना धरौटीमा रिहा भए । बालक कुटपिटको १, अस्पताल फार्मेसी तोडफोडको १ र शिक्षकमाथि दुव्र्यवहारको १ घटनामा आपसी सहमति भयो । 
    घरेलु हिंसाका संकलित २७ वटा नमूना घटनामध्ये नौ घटनामा सहमति, सहमति हुन नसकी एउटा अदालतमा चालु र अदालत पठाइएको एउटामा मिलापत्र भयो । तीन घटनामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । तीन घटनामा चार जना धरौटीमा, एक जना साधारण तारेखमा रिहा भए भने चार विरुद्ध म्यादी पुर्जी जारी भयो । एक घाइतेका पतिले उजुरी गर्न रोके भने नौ घटनामा सहमतिको प्रयास भइरहेको छ ।    
बिस्तृत विवरण
नागरिक तथा राजनीतिक अधिकार
सम्मानित रूपले बाँच्ने अधिकार
हत्या गैरराज्यबाट
    वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक २१ वर्षीय प्रेमकुमार यादवलाई असोज २३ गते विहान राजविराज नपा–११ का युवाहरुको समूहले गरेको आक्रमणबाट असोज २४ गते राति बिराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भयो । लाशको असोज २५ गते कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम भयो । पीडितका बुवा भन्नालाल यादवले जिल्ला प्रकारी कार्यालयमा दिएको उजुरीपछि हत्या आरोपमा प्रहरीले राजविराज नपा–११ का १७ वर्षीय बालकलाई असोज २८ गते र २० वर्षीय मिथलेशकुमार यादवलाई असोज ३१ गते गिरफ्तार ग¥यो । मंसिर ४ गते बालक संरक्षकको जिम्मामा रिहा भए भने मिथिलेश पुर्पक्षका लागि कारगारमा थुनामा छन् । अभिलेख नम्बर ः ११८
यातना राज्यबाट
    राजविराज नपा–६ का २० वर्षीय विक्की राउतलाई ०७५ कात्तिक ९ गते जिप्रकाको हिरासतमा असई ४० वर्षीय मोती महतोले यातना दिएको पीडितले आरोप लगाए । राजविराज नपा–६ की ४५ वर्षीया एकल महिला आशादेबी देवको हत्या आरोप स्विकार्न दवाव दिदै आरोपितले लाठी, लात, मुक्का र पाइपले छाति, पिठ्यु, पैतालालगायतमा कुटपिट गरेको पीडितले जनाए । राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा कात्तिक १० गते साँझ उपचारार्थ भर्ना भएका राउतलाई अस्पतालले कात्तिक ११ गते डिस्चार्ज ग¥यो । एसपी राजेन्द्र बिष्टले यातना दिएकोबारे आफूलाई जानकारी नभएको र यातना दिनुपर्ने कारण नरहेको बताए भने आरोपित असई महतोले आफूले सोधपुछ गरेपनि कुटपिट नगरेको बताए् । अभिलेख नम्बर ः १२९
कुटपिट÷ धम्की÷दुव्र्यवहार ः
    रुपनी गापा–१ का ३३ वर्षीय राजु भनिने किरणकुमार जायसवाललाई असोज २१ गते राति रुपनी गापा–१ का वडा अध्यक्ष ३३ वर्षीय पिताम्बर यादवले ९८१९७२५०७८ नम्बरको मोबाइलबाट फोन गरी आफ्नो विरोधमा बोले, लेखे कुटेर देशनिकाला गर्ने धम्की दिए । पीडितले शान्ति सुरक्षाका साथै आवश्यक कारवाहीका लागि सिडिओ कार्यालयमा असोज २२ गते उजुरी दिए । गाउँपालिकामा भ्रष्टाचार भइरहेको भन्दै पीडितसहितका गाउँलेहरुले भ्रष्टाचार तथा बेथिती विरुद्धको संघर्ष समिति गठन गरी भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरिरहेका छन् । पीडित सो समितिका सचिव हुन् । आरोपितले दुबै तर्फबाट गालीगलौज भएपछि धम्की दिएको बताए । अभिलेख नम्बर ः ११४
गैरराज्यबाट कुटपिट÷दुव्र्यवहार ः
    रुपनी गापा–२ स्थित जेसीज आधारभूत बिद्यालयका प्रधानाध्यापक तिरहुत गापा–५ निवासी ५५ वर्षीय सुर्यनारायण मण्डललाई साउन २७ गते रुपनी गापा–२ का ३० वर्षीय जितेन्द्रप्रसाद यादव, २५ वर्षीय ओमप्रकाश यादव, ६० वर्षीय अमरेन्द्र यादव र ४५ वर्षीय सोमन यादवले कार्यालय कोठामा कुटपिट गरेको भन्दै बिद्यालयले सोही दिन इलाका प्रहरी कार्यालयका रुपनीमा उजुरी ग¥यो । प्रअ मण्डलले कारवाहीको माग गर्दै जिप्रकामा साउन २८ गते उजुरी दिए । बिद्यालयले गरेको बिज्ञापन र नियुक्ति खारेजको माँग गर्दै आरोपितहरुले जेठ २७ गते बिद्यालयमा तालाबन्दी गरेका थिए । दुबै पक्षबीच गाउँमै सहमति भयो । अभिलेख नम्बर ः ०८१
बालअधिकार, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार
    ६ वर्षीया बालिकालाई ०७५ असार २२ गते १३ वर्षीय एक बालकले बलात्कार प्रयास गरेको भन्दै पीडितका ५५ वर्षीय हजुरबुवाले इप्रका कल्याणपुरमा असार २४ गते उजुरी दिए । घर नजिकै खेलिरहेकी बालिकालाई आँप र जामुन टिपी दिने भन्दै आँपको बगैचामा लगी असार २२ गते बलात्कार प्रयास गरेको पीडितका हजुरबुवाले बताए । इप्रका कल्याणपुरले आरोपित बालकलाई गिरफ्तार गरी असार २५ गते जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गर्दै स्वास्थ्य परिक्षण ग¥यो । जिल्ला अदालतले साउन १६ गते आरोपितलाई संरक्षकको जिम्मा लगायो । अभिलेख नम्बर ः ०६८
    – ६ वर्षीया बालिकालाई ०७५ असार ३० गते पीडितका सहोदर काका २५ वर्षीय युवकले बलात्त्कार गरेको भन्दै पीडितका ३१ वर्षीय बुवाले साउन ४ गते इप्रका कञ्चनरुपमा उजुरी दिए । कञ्चनरुप नपा–४ स्थित बहालको घरभाँडामा बसेका आरोपितले आफ्नै कोठामा बलात्कार गरेको भन्दै पीडितका बुवाले दिएको उजुरी साउन ५ गते दर्ता भयो । पीडितको धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ५ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०७०
    – १३ वर्षीया बालिकालाई असार ३१ गते राति राजविराज नपा–१० बिरौलका १९ वर्षीय पंकजकुमार दासले नियन्त्रणमा लिई घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिप्रकामा असार ३२ गते अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दिए । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असार ३२ गते स्वास्थ्य परिक्षण गरियो । प्रहरीले साउन १ गते आरोपितलाई गिरफ्तार गरी अपहरण तथा शरिर बन्धक र जबरजस्ती करणी उद्योगको उजुरी दर्ता ग¥यो । आरोपितले कुराकानी गर्न आपसी सहमतिमा हिंडेर नै घर गएको बताए । जिल्ला अदालतको आदेशले आरोपित साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०७१
    – १८ वर्षीया बालिकालाई ०७५ साउन ४ गते राति तिलाठी कोइलाडी गापा–२ लौनियाका १९ वर्षीय रोशनकुमार खंगले बलात्कार प्रयास गरेको भन्दै पीडितकी आमाले साउन ६ गते जिप्रकामा उजुरी दिइन । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ७ गते स्वास्थ्य परिक्षण भयो । जिप्रकाले साउन ११ गते उजुरी दर्ता ग¥यो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरुले थाहा पाई प्रहरीमा उजुरी गरेको आरोपितका अभिभावकले बताए । जिल्ला अदालतको आदेशमा आरोपितविरुद्ध कात्तिक २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भयो । अभिलेख नम्बर ः ०७४
    – १२ वर्षीया बालिकालाई ०७५ साउन ४ गते राति डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहाका ३० वर्षीय देवनाथ यादवले बलात्कार गरेको भन्दै पीडितकी आमाले साउन ११ गते जिप्रकामा दिएको उजुरी सोही दिन  दर्ता भयो । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ११ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०७५
    – १७ वर्षीया बालिकालाई पछिल्लो पटक साउन १४ गते कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इप्रका कञ्चनरुपमा भदौ १४ गते उजुरी दिइन् । प्रहरीले जबरजस्ती करणीको उजुरी दर्ता गरी आरोपितको खोजीकार्य गरेपनि हालसम्म फेला परेका छैनन् । पीडितको राजविराज नपा–४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भदौ १५ गते स्वास्थ्य परिक्षण भयो । अस्पतालले पीडित २७ हप्ता ६ दिनको गर्भ रहेको जनायो । अभिलेख नम्बर ः ०७८
    – १८ वर्षीया किशोरीलाई भदौ १ गते साँझ खडक नपा–३ बस्ने १९ वर्षीय जावेद भनिने मो. साबिरले बलात्कार गरेको भन्दै पीडितले भदौ २ गते इप्रका कडरबोनामा दिएको उजुरी सोही दिन दर्ता भयो । पीडितको लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा भदौ २ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०८२
    – सात वर्षीया बालिकालाई भदौ २ गते महदेवा गापा–१ पकरीका ५५ वर्षीय जुगेश्वर सरदारले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिप्रकामा भदौ ४ गते उजुरी दिइन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भदौ ३ गते स्वास्थ्य परिक्षण हुनुका साथै तीन दिनसम्म उपचार भयो । जिप्रकाले भदौ ४ गते उजुरी दर्ता गरेको छ । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०८४
    – १२ वर्षीया बालिकालाई भदौ ४ गते राति साढे सात बजे १६ वर्ष १८ दिनका बालकले यौन दुव्र्यवहार गरेको भन्दै पीडितका अभिभावकले इप्रका कडरबोनामा भदौ ५ गते उजुरी दिए । प्रहरीले आरोपितलाई भदौ ६ गते गिरफ्तार गरी सोही दिन बलात्कार प्रयासको उजुरी दर्ता ग¥यो । पीडितको लहान नपा–३ स्थित राउ शारदा स्मारक अस्पतालमा भदौ ५ गते स्वास्थ्य परिक्षण भयो । अभिलेख नम्बर ः ०८५
    – १३ वर्षीया बालिकालाई भदौ ७ गते तिलाठी कोइलाडी गापा–५ बर्साइनका ६५ वर्षीय खुशीलाल रजकले यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले जिप्रकामा भदौ ८ गते उजुरी दिइन् । प्रहरीले आरोपितलाई भदौ ८ गते गिरफ्तार गरी बलात्कार प्रयासको उजुरी दर्ता ग¥यो । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा ०७५ भदौ ८ गते स्वास्थ्य परिक्षण भयो । जिल्ला अदालतको आदेशमा असोज १ गते आरोपित ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए । अभिलेख नम्बर ः ०८६
    – १६ वर्षीया बालिकालाई साउन २७ गते राजगढ गापा–५ का १६ वर्षीय निरन्जनकुमार साहले अपहरण शरिर बन्धक बनाई बालविवाह गरी बलात्कार गरेको भन्दै पीडितकी आमाले जिप्रकामा भदौ १९ गते उजुरी दिइन् । पीडितको राजविराज नपा–४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भदौ १९ गते स्वास्थ्य परिक्षण भयो । आरोपितकी आमाले दिएको रिटमा उच्च अदालत जनकपुर राजविराज इजलाशले आरोपितलाई हिरासतमा थुनामा राख्न कानुनसंगत नदेखिएको भन्दै आमाको जिम्मामा भदौ २५ गते रिहाईको आदेश दियोे । अभिलेख नम्बर ः ०९१
    – १३ वर्षीया बालिकालाई साउन १३ गते सप्तकोशी नपा–४ तुलसी चोकका ५० वर्षीय भानुभक्त सापकोटाले यौन दुव्र्यवहार गरेको भन्दै पीडितकी आमाले इप्रका कञ्चनरुपमा साउन १४ गते उजुरी दिइन् । पीडितको कञ्चनरुपस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा साउन १५ गते घाउँजाँच परिक्षण गरियो । इप्रका कञ्चनरुपले साउन १५ गते आरोपितलाई गिरफ्तार गरी सोही दिन उनिविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको भदौ ६ गतेको आदेशले आरोपित ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए । अभिलेख नम्बर ः ०७७
    – १२ वर्षीया बालिकालाई असोज १ गते राति छिन्नमस्ता गापा–२का २५ वर्षीय इन्दल खंगले बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिप्रकामा असोज २ गते उजुरी दिए । पीडितको राजविराजस्थित गनासिं सअ अस्पतालमा असोज ३ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०९८
    – तीन वर्षीया बालिकालाई असोज २ गते सुरुङ्गा नपा–१ का १८ वर्षीय शोभित सदाले यौन दुव्र्यवहार गरेको भन्दै पीडितका बुवाले इप्रका कडरबोनामा असोज ४ गते उजुरी दिए । पीडितको लहानस्थित राउ अस्पतालमा असोज ३ गते स्वास्थ्य परिक्षण भयो । इप्रकाले असोज ४ गते आरोपितलाई गिरफ्तार गरी सोही दिन उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित असोज २२ गतेदेखि बालसुधार गृह बिराटनगरमा छन् । अभिलेख नम्बर ः ०९९
    – १४ वर्षीया बालिकालाई असोज १६ गते दिउँसो डाकनेश्वरी नपा–१ का १६ वर्षीय बालकले पीडितकै घरमा बलात्कार गरेको भन्दै निजकी आमाले जिप्रकामा असोज १७ गते उजुरी दिइन् । पीडितको राजविराजस्थित अस्पतालमा असोज १७ गते स्वास्थ्य परिक्षण भयो । आरोपित गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ११२
    – १५ वर्षीया बालिकालाई ०७५ असोज २२ गते अग्नीसाइर कृष्ण सवरन गापा–४ का ३९ वर्षीय बद्री सदाले अपहरण गरी बलात्कार गरेको भन्दै पीडितका बुवाले इप्रका कञ्चनरुपमा असोज २३ गते उजुरी दिए । रामेछाप प्रहरीले चेकजाँचका क्रममा फरार आरोपितलाई असोज २७ गते रामेछापको मन्थलीबाट गिरफ्तार गरी इप्रका कञ्चनरुपमा असोज २८ गते बुझायो । इप्रका कञ्चनरुपले असोज २८ गते उजुरी दर्ता ग¥यो । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज २८ गते स्वास्थ्य परिक्षण भयो । पीडित पाँच हप्ता ६ दिनको गर्भवती रहेको अस्पतालले जनायो । जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ११६
    – १६ वर्षीया बालिकालाई असोज २५ गते राति डाकनेश्वरी नपा–२ का २० वर्षीय ओमप्रकाश साहले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिप्रकामा असोज २६ गते उजुरी दिइन् । पीडितको राजविराजस्थित अस्पतालमा असोज २६ गते स्वास्थ्य परिक्षण भयो । आरोपितलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता ग¥यो । अदालतको आदेशमा आरोपित कात्तिक १९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १२१
    – सुस्त मनस्थितीकी १५ वर्षीया एक बालिकालाई ०७५ कात्तिक ५ गते विहान १० बजे खड्ग नपा–९ मैनासहश्रबाहुको लालपट्टीका ३५ वर्षीय दिलिपकुमार दासले बलात्कार गरेको भन्दै पीडितका बुवाले इप्रका कल्याणपुरमा कात्तिक ५ गते उजुरी दिए । बलात्कारको आरोपमा आरोपितलाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरी कात्तिक ६ गते उजुरी दर्ता ग¥यो । पीडितको राजविराजस्थित अस्पतालमा कात्तिक ५ गते स्वास्थ्य परिक्षण भयो । जिल्ला अदालतको आदेशमा आरोपित मंसिर ३ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः १२७
    – १५ वर्षीया बालिकालाई ०७५ कात्तिक २८ गते विहान ४ बजे खडक नपा–३ का २१ वर्षीय सदाम मियाँले बलात्कार गरेको भन्दै पीडितकी आमाले कात्तिक २९ गते इप्रका कल्याणपुरमा उजुरी दिइन् । पीडितको लहान नपा–३ स्थित राउ स्मारक अस्पतालमा कात्तिक २९ गते स्वास्थ्य परिक्षण भयो । प्रहरीले आरोपितलाई मंसिर १ गते गिरफ्तार गरी मंसिर २ गते उजुरी दर्ता ग¥यो । अभिलेख नम्बर ः १३४
बालविवाह
    शम्भुनाथ नपा–१२ की १६ वर्षीया बालिकासँग ०७४ चैत २८ गते भारत बिहार राज्य मधुबनी जिल्ला न्यौर ग्राम पञ्चायत बस्ने २३ वर्षीय नसरुल भनिने निसरुल मियाँले बालविवाह गरे । पीडितका बुवाले भारतमा भगाई बालविवाह गरेको भन्दै बैशाख ३० गते जिप्रकामा उजुरी दिए । प्रहरीले भारतीय प्रहरीको सहयोगमा बैशाख ३० गते आरोपित मियाँलाई गिरफ्तार गरी उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०४०
    – तिरहुत गापा–४ की १४ बर्षीया बालिकासँग ०७५ जेठ ६ गते भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन–७ वाइसीका १८ वर्षीय रामकुमार मुखियाको बालविवाह भयो । इच्छाविपरित बालविवाह गराई दिएको भन्दै बालिकाले सुनसरी प्रहरीलाई असार १ गते उजुरी दिएपछि सोही दिन प्रहरीले सुनसरीको भण्टाबारीबाट आरोपितलाई गिरफ्तार गरी सप्तरी प्रहरीलाई बुझायो । पीडितले बालविवाहमा संलग्न आफ्ना बुवा, आमा र हजुरवुवासहित रामकुमारका बुवा, आमाविरुद्ध समेत उजुरी दिइन । इप्रका कञ्चनरुपले आरोपितलाई नियन्त्रणमा राखी असार १ गते बालविवाहको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले असार २७ गते दाहिने हात–खुट्टा शारिरीक रुपले अपाङ्गता भएको र उमेर १८ वर्ष मात्र भएको भनी आरोपितलाई १५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो । अभिलेख नम्बर ः ०५२
    – १४ वर्षीया बालिकालाई फागुन १ गते कञ्चनरुप नपा–९ का १९ वर्षीय मनिषकुमार साहसँग सोही ठाउँका बालिकाका बुवा ४० वर्षीय बिनोद राम, आमा ३५ वर्षीया शान्तिदेबी राम, ४२ वर्षीय परमेश्वर राम र २५ वर्षीय रामलखन रामले बालविवाह गराई दिएको भन्दै मनिषका बुवा कञ्चनरुप नपा–९ का ४४ वर्षीय शिवनारायण साहले उजुरी दिए । जिप्रकाले असोज ११ गते उजुरी दर्ता ग¥यो । अभिलेख नम्बर ः १३०
अपहरण
    – १८ वर्षीया बालिकालाई ०७५ असार १ गते महदेवा गापा–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डलले अपहरण गरेको भन्दै पीडितका बुवाले जिप्रकामा उजुरी दिए । प्रहरीले भदौ २९ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता ग¥यो । आरोपित र पीडित बालिका हालसम्म फेला परेका छैनन् । अभिलेख नम्बर ः ०८९
    – १५ वर्षीया बालिकालाई भदौ ६ गते अग्नीसाइर कृष्णसवरन गापा–१ का २५ वर्षीय मो. सतारले अपहरण गरेको भन्दै पीडितकी आमाले जिप्रकामा उजुरी दिइन् । जिप्रकाले आरोपितविरुद्ध भदौ २४ गते अपहरण तथा शरिर बन्धकको उजुरी दर्ता ग¥यो । आरोपित र पीडित हालसम्म फेला परेका छैनन् । अभिलेख नम्बर ः ०९३
गर्भपतन 
    – १७ वर्षीया बालिकाको २० हप्ताको गर्भ असार २८ गते उनका प्रेमी कञ्चनरुप नपा–९ रघुनाथपुरका २० बर्षिय सञ्जयकुमार सरदारले जबरजस्ती तुहाएको भन्दै पीडितकी आमाले साउन ४ गते जिप्रकामा उजुरी दिइन् । संजयसहित उनकी आमा ४५ वर्षीया फुलेश्वरीदेवी सरदार र सोही ठाउँका ३६ वर्षीया कबितादेबी सरदार र ३२ वर्षीय सुलेन भनिने सुरेन्द्र सरदार, खडक नपा–७ कल्याणपुरस्थित एडभान्स सुरक्षा अस्पताल एण्ड प्रसुती गृह प्रा.लि. मा कार्यरत लहान नपा–८ का डा. दिलिपकुमार र अनमी खडग नपा–८ की निलमकुमारी चौधरीविरुद्धको उजुरीमा प्रहरीले साउन २० गते आरोपित संजयलाई गिरफ्तार गरी साउन २१ गते गर्भपतनको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले आरोपितलाई भदौ १४ गते २५ हजार धरौटीमा रिहा ग¥यो । अभिलेख नम्बर ः ०६९
घरनिकाला
    – १४ वर्षीया एक बालिकालाई ०७५ साउन २९ गते उनकै बुवाआमाले प्रेम गरेको आरोप लगाउँदै घरनिकाला गरी उनिसँग मिल्ने १७ वर्षीय केटा साथीको घरमा लगेर जबरजस्ती राखे । बालिका र किशोरका आमाले भदौ १ गते इप्रका कल्याणपुर र खडग नगरपालिकाको न्यायिक समितिमा छुट–छुट्टै निवेदन दिएपनि कुनै निर्णय नभएपछि बालिकाले जिप्रकामा असोज २१ गते उजुरी दिइन् । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र इन्सेक सप्तरीको पहलमा इप्रका कल्याणपुरमा असोज २३ गतेको छलफलपछि बालिकालाई अभिभावकले जिम्मा लिए । अभिलेख नम्बर ः १०६
महिला विरुद्ध हुने सबै किसिमको भेदभाव, हत्या
    – राजविराज नपा–६ की ४५ वर्षीया एकल महिला आशादेबी देवलाई कात्तिक २ गते सोही ठाउँकी ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरले हत्या गरेको भन्दै प्रहरीले गिरफ्तार गरी कात्तिक ११ गते कर्तव्य ज्यानको उजुरी दर्ता ग¥यो । जिप्रकासँग जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा ईटाले प्रहार गरी हत्या भएको रक्ताम्य लाश कात्तिक २ गते विहान उनकै ओछ्यानमा फेला प¥यो । बलात्कारपछि हत्या भएको आंशकामा फारेन्सिक परिक्षणका लागि लाशको कात्तिक ३ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भयो । अभिलेख नम्बर ः १२५
    – बोदे बर्साइन नपा–७ बोगबिराकी २२ वर्षीया आरतीकुमारी यादवलाई ०७५ कात्तिक १४ गते विहान उनका पति २८ वर्षीय सुरेशकुमार यादव र ससुरा ६७ वर्षीय रामदेव यादवले यातना दिएर विषसेवन गराई हत्या गरेको भन्दै मृतकका दाजु बोदे बर्साइन नपा–५ का २६ वर्षीय अनीलकपुर यादवले इप्रका कल्याणपुरमा कात्तिक १५ गते उजुरी दिए । लाशको कात्तिक १५ गते सिरहाको लहानस्थित राउ स्मारक अस्पतालमा पोष्टमार्टम भयो । प्रहरीले कात्तिक १४ गते मानराजा चोकबाट रामदेवलाई र बोदे बर्साइन नपा–७ हैटीस्थित दिदीको घरबाट सुरेशलाई गिरफ्तार ग¥यो । इप्रका कल्याणपुरले कात्तिक १५ गते कर्तव्य ज्यानको उजुरी दर्ता ग¥यो । अभिलेख नम्बर ः १३३
बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार
    – ४० वर्षीया महिलालाई ०७५ साउन २१ गते दिउँसो रुपनी गापा–४ का ४५ वर्षीय बद्रीनारायण साहले बलात्कार गरेको भन्दै पीडितले जिप्रकामा साउन २१ गते उजुरी दिइन । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन २१ गते स्वास्थ्य परिक्षण भयो । जिप्रकाले साउन २३ गते उजुरी दर्ता ग¥यो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०७९
    – ३५ वर्षीया महिलालाई साउन २३ गते रुपनी गापा–४ जमुनी मधेपुराका २५ वर्षीय बिताई भनिने बंकर मण्डलले यौन दुव्र्यवहार गरेको भन्दै पीडितले जिप्रकामा साउन २४ गते दिएको उजुरी साउन २५ गते दर्ता भयो । पीडितको स्वास्थ्य परिक्षण वा घाउँजाँच भएन् । जिल्ला अदालतको आदेशमा आरोपित भदौ २० गतेदेखि १५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भए । अभिलेख नम्बर ः ०८०
    – २० वर्षीया महिलालाई भदौ १० गते सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा–५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २० वर्षीय बिक्रम सरदार र शम्भुनाथ नपा–११ का २४ वर्षीय हिरालाल साहलाई भदौ ११ गते र शम्भुनाथ नपा–७ का १८ वर्षीय राजुकुमार भगतलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा पाँच आरोपितलाई गिरफ्तार गरी भदौ १२ गते इप्रका कल्याणपुरले उजुरी दर्ता गरेको छ । पीडितको राजविराज नपा–४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भदौ ११ गते स्वास्थ्य परिक्षण गरिएको छ । अन्य आरोपितहरु शम्भुनाथ नपा–७ का २२ वर्षीय अरविन्द चौधरी, शम्भुनाथ नपा–५ का २२ वर्षीय नविनकुमार चौधरी, २० वर्षीय रञ्जित चौधरी र २० वर्षीय अजित भनिने अमरलाल चौधरी हालसम्म गिरफ्तार भएका छैनन् । जिल्ला अदालतको आदेशमा आरोपितहरु असोज ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०८७
    – २२ वर्षीया महिलालाई पछिल्लो पटक भदौ ५ गते शम्भुनाथ नपा–२ का २१ वर्षीय मो. अत्ता हुसेनले बलात्कार गरेको भन्दै पीडितले जिप्रकामा असोज २ गते उजुरी दिइन् । पीडितको राजविराज नपा–४ स्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज २ गते स्वास्थ्य परिक्षण भयो । आरोपितले पटक–पटक बलात्कार गरेका कारण पीडित तीन महिना १५ दिनको गर्भवती बनेकी उनले बताइन् । आरोपितलाई प्रहरीले असोज १ गते गिरफ्तार गरी असोज ४ गते उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित असोज २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०९२
    – २५ वर्षीया सुस्त मनिस्थितीकी महिलालाई भदौ २५ गते अग्नीसाइर कृष्णसवरन गापा–५ का ६५ वर्षीय चेतनारायण चौधरीले बलात्कार गरेको भन्दै पीडितका बुवाले जिप्रकामा असोज २ गते उजुरी दिए । पीडितको राजविराजस्थित गनासिं स.अ. अस्पतालमा असोज २ गते स्वास्थ्य परिक्षण भयो । बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई असोज २ गते गिरफ्तार ग¥यो । जिप्रकाले असोज ४ गते उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अभिलेख नम्बर ः ०९६
    – ७० वर्षीया बृद्धालाई असोज १६ गते राति खडक नपा–८ का ४० वर्षीय रोहित सदाले बलात्कार गरेको भन्दै पीडितले इप्रका कल्याणपुरमा असोज १७ गते दिएको उजुरी सोही दिन दर्ता भयो । उदयपुरको त्रियुगा नपा–३ की पीडित दुई महिनादेखि भाईको घरमा बस्दै आएकी थिइन् । पीडितको लहान नपा–३ स्थित राउ स्मारक अस्पतालमा असोज १७ गते स्वास्थ्य परिक्षण भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ११३
    – २९ वर्षीया महिलालाई कात्तिक ७ गते कञ्चनरुप नपा–५ साविक पिप्रा पूर्व गाविस–३ का ३५ वर्षीय अब्दुल भनिने मो. रहमान मियाँले बलात्कार गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा कात्तिक ११ गते उजुरी दिइन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा कात्तिक १२ गते स्वास्थ्य परिक्षण भयो । इप्रका कञ्चनरुपले कात्तिक १३ गते उजुरी दर्ता ग¥यो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १२८
    – ३५ वर्षीया महिलालाई कात्तिक ५ गते राति तिलाठी कोइलाडी–५ का ४५ वर्षीय गजिया राय, २८ वर्षीया कारी राय, ४८ वर्षीय गोपी राय र ३५ वर्षीय बिजय रायले बलात्कार गरेको भन्दै पीडितले जिप्रकामा कात्तिक ६ गते उजुरी दिइन् । पीडितको राजविराजस्थित गनासिं स.अ. मा कात्तिक ६ गते स्वास्थ्य परिक्षण भयो । जिप्रकाले कात्तिक १८ गते उजुरी दर्ता ग¥यो । आरोपितहरु गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १३२
बहुविवाह
    – कञ्चनरुप नपा–१० घोघनपुरकी २१ वर्षीया उर्मिलादेबी रामले उनका पति २५ वर्षीय दुखी राम र २३ वर्षीया ममताकुमारी उराउले २०७५ बैशाख ९ गते शम्भुनाथ नपा–१ स्थित शम्भुनाथ मन्दिरमा बहुविवाह गरेको भन्दै जिप्रकामा उजुरी दिइन् । प्रहरीले बहुविवाह गरेको आरोपमा ०७५ साउन १८ गते आरोपितहरुलाई गिरफ्तार ग¥यो । जिप्रकाले साउन २० गते आरोपितहरु विरुद्ध बहुविवाहको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले भदौ १३ गते दुखीसँग २५ हजार र ममतासँग १५ हजार धरौटी माग ग¥यो । अभिलेख नम्बर ः ०६३
    – खडग नपा–५ की ३५ वर्षीया गीतादेबी मण्डलले उनका पति ३५ वर्षीय सीताराम मण्डलले बोदे बर्साइन नपा–१२ की २० वर्षीया रीतादेबी मण्डलसँग असार १९ गते बहुविवाह गरेको भन्दै इप्रका कडरबोनामा असार २१ गते उजुरी दिइन् । प्रहरीले असार २२ गते आरोपितहरुलाई गिरफ्तार गरी असार २४ गते बहुविवाहको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले साउन १६ गते जनही ३५ हजार धरौटीको आदेश ग¥यो । अभिलेख नम्बर ः ०६६
    – हनुमाननगर कंकालिनी नपा–१४ की ३० वर्षीया चन्देश्वरीदेबी मुखियाले उनका पति ४० वर्षीया रामलोचन मुखिया र ३१ वर्षीया बबीतादेबी मुखियाले असार ३१ गते हक नपा–१ भारदहस्थित कंकालिनी मन्दिरमा बहुविवाह गरेको भन्दै जिप्रकामा साउन ३ गते उजुरी दिइन् । प्रहरीले आरोपित बबीतादेबी मुखियालाई ०७५ साउन ३ गते गिरफ्तार ग¥यो । जिप्रकाले साउन ४ गते आरोपितहरुविरुद्ध बहुविवाहको उजुरी दर्ता ग¥यो । आरोपित रामलोचन हालसम्म गिरफ्तार भएका छैनन् । रामलोचनका विरुद्ध जिल्ला अदालतले साउन २३ गते म्यादी पुर्जी जारी ग¥यो भने बबिता १५ हजार धरौटी राखी साउन २४ गते तारेखमा रिहा भइन् । अभिलेख नम्बर ः ०७२
    – खडक नपा–८ विसनपुरकी ३० वर्षीया मैमुन खातुनका पति ३५ वर्षीय इजहार अलीले मीना खातुनसँग बहुविवाह गरेको ०७५ साउन ३ गते थाहा पाएको भन्दै पीडितले भदौ ५ गते इप्रका कल्याणपुरमा उजुरी दिइन् । इप्रका कल्याणपुरले भदौ ८ गते उजुरी दर्ता ग¥यो । ०६४ सालदेखि बैदेशिक रोजगार गर्दै आएका आरोपित इजहारलाई प्रहरीले भदौ २५ गते गिरफ्तार ग¥यो । जिल्ला अदालतले असोज १९ गते आरोपित इजहारलाई ४० हजार धरौटी लिई तारेखमा रिहा ग¥यो भने अर्का आरोपित मीनाविरुद्ध म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः ०७६
    – सिरहाको लहान नपा–१८ भदैयाकी ३० वर्षीया गयादेबी चौधरीका पति ३४ वर्षीय बिनोदकुमार चौधरीले सुरुङ्गा नपा–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको ०७५ भदौ २ गते थाहा पाएको भन्दै पीडितले भदौ १४ गते इप्रका कडरबोनामा उजुरी दिइन् । पीडितले दिएको उजुरी भदौ १५ गते दर्ता भयो । इप्रका कडरबोनाले आरोपित बिनोदलाई भदौ १५ गते गिरफ्तार गरेको छ भने अर्का आरोपित हालसम्म गिरफ्तार भएका छैनन् । जिल्ला अदालतको आदेशमा आरोपित बिनोद असोज ११ गते ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए भने अर्का आरोपित फुलकुमारी विरुद्ध अदालतले म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः ०८३
    – तिलाठी कोइलाडी गापा–८ की ४० वर्षीया रामरेखाकुमारी खंगका पति ४५ वर्षीय गंगाराम मण्डलले जेठ २३ गते खडग नपा–११ की १९ वर्षीया रामप्यारी खंगसँग बहुविवाह गरेको भन्दै पीडितले जिप्रकामा असार १५ गते उजुरी दिइन् । खानलाउन नदिएपछि अदालतमा अंशदर्ता मुद्दा दिएको रिसमा बहुविवाह गरेकाले कारवाही गरी पाउँ भनी पीडितको उजुरी जिप्रकाले असोज ११ गते दर्ता ग¥यो । आरोपितहरु गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः ०८८
    – हक नपा–१ की २५ वर्षीया सरीताकुमारी यादवका पति ३२ वर्षीय देवकिसुन यादबले साउन २६ गते कञ्चनरुप नपा–११ की २० वर्षीया नमितकुमारी यादवसँग बहुविवाह गरेको भन्दै पीडितले इप्रका कञ्चनरुपमा उजुरी दिइन् । इप्रका कञ्चनरुपले असोज १२ गते बहुविवाहको उजुरी दर्ता ग¥यो । आरोपितहरु गिरफ्तार भएका छैनन् । जिल्ला अदालतले अरोपितहरुविरुद्ध कात्तिक २० गते म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः ०९०
    – अग्नीसाइर कृष्णसवरन गापा–१ की २१ वर्षीय मनीषा खातुनले उनका पति २५ वर्षीय मो. सतारले भदौ ६ गते २१ वर्षीया मदिना खातुनसँग बहुविवाह गरेको भन्दै जिप्रकामा भदौ २९ गते दिएको बहुविवाहको उजुरी सोही दिन दर्ता भयो । आरोपितहरु हालसम्म फेला परेका छ्रैनन् । अभिलेख नम्बर ः ०९४
    – महादेवा गापा–४ की २५ वर्षीया मीना खातुनका पति ३० वर्षीय मो. गनीले असोज ५ गते हक नपा–७ की २१ वर्षीया सकिना खातुनसँग दोस्रो विवाह गरी घर ल्याएको भन्दै पीडितले इप्रका कञ्चनरुपमा असोज ८ गते उजुरी दिइन् । प्रहरीले असोज ११ गते सकिनालाई गिरफ्तार गरी असोज १२ गते बहुविवाहको उजुरी दर्ता ग¥यो । अर्का आरोपित मो. गनी हालसम्म गिरफ्तार भएका छैनन् । जिल्ला अदालतले असोज २२ गते आरोपित सकिनालाई एक लाख २० हजार धरौटी लिई तारेखमा रिहा ग¥यो भने गनीविरुद्ध म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः १०२
    – हक नपा–३ की ३३ वर्षीया अनीताकुमारी यादवका पति ३४ वर्षीय अमरेन्द्रकुमार यादवले सोही ठाउँकी २१ वर्षीया सुमिन्द्राकुमारीसँग बैशाख २५ गते हक नपा–१ स्थित कंकालिनी मन्दिरमा बहुविवाह गरे । पीडितले जिप्रकामा भदौ ५ गते दिएको उजुरी सोही दिन दर्ता भयो । आरोपितहरु गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १०४
    – तिलाठी कोइलाडी गापा–४ की २४ वर्षीया रञ्जीताकुमारी मरिकका पति २५ वर्षीय बिनोद मरिकले २८ वर्षीया पुनम मरिकसँग बहुविवाह गरी साउन ९ गते घर ल्याएको भन्दै पीडितले जिप्रका असोज २ गते उजुरी दिइन् । पीडित पाँच महिनाकी गर्भवती छिन् । अभिलेख नम्बर ः १०५
    – बोदे बर्साइन नपा–१ की ३२ वर्षीया अमेरिकादेवी पालका पति ४० वर्षीय सत्यनारायण पालले शम्भुनाथ नपा–३ की ४२ वर्षीया अपाङ्गता भएकी ललीता पालसँग भदौ ५ गते हक नपा–१ स्थित कंकालिनी मन्दिरमा बहुविवाह गरेको भन्दै पीडितले इप्रका कल्याणपुरमा भदौ २६ गते उजुरी दिइन् । पीडितले आरोपितहरुविरुद्ध जिल्ला अदालतमा अंशदर्ताको उजुरी समेत दिएकी छिन् । पीडितले आरोपित पतिसहित परिवारका सदस्यहरु विरुद्ध भदौ २६ गते दिएको उजुरी कात्तिक १५ गते दर्ता भयो । आरोपितहरु गिरफ्तार भएका छैनन् । अभिलेख नम्बर ः १०७
    – राजविराज नपा–१५की ३५ वर्षीया मीनाकुमारी यादवका पति ३५ वर्षीय राजलाल यादवले सुनसरी औरावनी गाविस भमरी बस्ने २५ वर्षीया कुसुम बस्नेतसँग बहुविवाह गरेको कुरा भदौ २० गते थाहा पाएको भन्दै पीडितले जिप्रकामा असोज ४ गते उजुरी दिइन् । पीडितले दिएको अंशदर्ता मुद्दामा सप्तरी जिल्ला अदालतले अंश दिलाउने र पुनरावेदन अदालत राजविराजले मासिक ६ हजार मानाचामल खर्च भराउने फैसला गरेको छ । अभिलेख नम्बर ः १०८
    – हकनपा–१ भारदहकी ४३ वर्षीया संजनादेवी मण्डलका पति ४६ वर्षीय जोगिन्द्र मण्डलले हनुमानगर कंकालिनी नपा–२ की ३४ वर्षीया सरोजा खातुनसँग असोज २२ गते बहुविवाह गरेको भन्दै पीडितले जिप्रकामा कात्तिक २० गते उजुरी दिइन् । आरोपितहरु भारदहमा डेरा लिई बसेका छन् । अभिलेख नम्बर ः ११५
    – बिष्णुपुर गापा–४ की २१ वर्षीया किरणकुमारी साहका पति २७ वर्षीय शशिकान्त साहले मोरङ्ग बिराटनगर उप महा नगरपालिकामा ज्वेलर्स पसल सञ्चालन गरेर बसेकी २३ वर्षीया दिपिका विश्वकर्मासँग सुनसरीको इटहरीमा असोज २४ गते विवाह गरी सोही दिन घर भित्र्याएको भन्दै पीडितले जिप्रकामा असोज २९ गते उजुरी दिइन् । जिल्ला अदालतमा दिएको सम्बन्ध विच्छेदको उजुरी हाल विचाराधिन छ । पीडित खडक नपा–४ स्थित माइत विस्थापित भएकी छिन् । अभिलेख नम्बर ः ११९
    – खडग नपा–८ की ३० वर्षीया कबीताकुमारी चौधरीका पति ३२ वर्षीय रामप्रकाश चौधरी थारुले २२ वर्षीया संगीता चौधरीसँग ०७५ असोज २४ गते बहुविवाह गरी असोज २८ गते घर ल्याएपछि थाहा पाएको भन्दै पीडितले कात्तिक १४ गते इप्रका कल्याणपुरमा उजुरी दिइन् । पीडितले दिएको उजुरी इप्र कल्याणपुरले कात्तिक १५ गते दर्ता ग¥यो । प्रहरीले कात्तिक १५ गते रामप्रकाशलाई गिरफ्तार ग¥यो भने संगीता गिरफ्तार भएकी छैनन् । अभिलेख नम्बर ः १२०
– हक नपा–७ की ३५ वर्षीया रेवनीदेबी मरिकका पति ४० वर्षीय बुधन मरिकले ४५ वर्षीया मीनादेबी मरिकसँग ०७५ कात्तिक १ गते हक नपा–१ भारदहस्थित कंकालिनी मन्दिरमा बहुविवाह गरेको भन्दै पीडितले जिप्रकामा कात्तिक १८  गते उजुरी दिइन् । अभिलेख नम्बर ः १२४
अन्य दुव्र्यवहार, अमानविय व्यवहार
    – हक गापा–११ की २८ वर्षीया शान्तिदेबी मण्डललाई भदौ १३ गते सोही ठाउँका ५० वर्षीय बिष्णुदेब पण्डित, उनकी पत्नी ४५ वर्षीया अरहुलियादेबी पण्डित, छोराहरु २८ वर्षीय प्रमोद पण्डित र २४ वर्षीय अमोद पण्डितले कथित बोक्सीको आरोप लगाई अमानविय व्यवहार गरेको भन्दै पीडितले जिप्रकामा भदौ १४ गते उजुरी दिइन् । जिप्रकाले असोज १७ गते प्रमोदलाई गिरफ्तार गरी उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले आरोपित प्रमोदलाई कात्तिक ११ गते ६५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो । अभिलेख नम्बर ः ०९५
    – बिष्णुपुर गापा–३ की ५१ वर्षीया पारुल माली, ३३ वर्षीया अनुरागीदेवी मालिन र ३३ वर्षीया सुनीतादेबी मालिनलाई ०७५ भदौ ३० गते सोही ठाउँका ४५ वर्षीय सियाराम यादवसहित उनकी पत्नी ४० वर्षीया अमलादेवी यादव, ४५ वर्षीय टिकालाल मण्डल र ४३ वर्षीय लक्ष्मी मण्डलले कथित बोक्सी भन्दै गाउँनिकाला गर्न खोजेका भन्दै पीडितहरुले भदौ ३० गते जिप्रकामा उजुरी दिइन् । प्रहरीले आरोपित सियारामलाई असोज १७ गते गिरफ्तार ग¥यो । जिल्ला अदालतको आदेशमा आरोपित सियाराम असोज २३ गते ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए भने अन्य आरोपितहरुविरुद्ध अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी ग¥यो । अभिलेख नम्बर ः ०९७
    – तिरहुत गापा–२ की ४० वर्षीया मानवतीदेबी रामलाई असोज २२ गते खडक नपा–७ लबटोलिया घर भई तिरहुत गापा–२ स्थित माइत बसेकी २२ वर्षीया सुनीता भनिने सोनिताकुमारी रामले कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरी कुटपिट गरेको भनी पीडितले असोज २३ गते इप्रका कञ्चनरुपमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई असोज २३ गते गिरफ्तार गरी भेदभाव तथा अन्य अपराध जन्य व्यवहारमा उजुरी दर्ता ग¥यो । जिल्ला अदालतले ०७५ कात्तिक १५ गते आरोपितलाई २५ हजार धरौटी लिई तारेखमा रिहा ग¥यो । अभिलेख नम्बर ः ११७
    – तिरहुत गापा–५ की ३७ वर्षीया ठकनीदेबी मुखियालाई साउन ३१ गते सोही ठाउँका ५० वर्षीय शिवनारायण मुखिया, २५ वर्षीय अनिल मुखिया र २५ वर्षीय जतरु मुखियाले कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउने प्रयास गरी कुटपिट गरेको भनी पीडितले असोज २६ गते जिप्रकामा उजुरी दिइन् । जिप्रकाले असोज २६ गते ज्यान मार्ने उद्योग एवं भेदभाव तथा अन्य अपराध जन्य व्यवहारमा उजुरी दर्ता ग¥यो । आरोपितहरु हालसम्म गिरफ्तार भएका छैनन् । जिल्ला अदालतको आदेशमा आरोपितहरु विरुद्ध कात्तिक २९ गते वारेण्टसहितको म्यादी पुर्जी जारी भयो । अभिलेख नम्बर ः १३१
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, भौतिक संरचना, सम्पत्ति क्षति
    – राजविराजस्थित गनासि अञ्चल अस्पतालमा सञ्चालित फार्मेसीमा साउन ३ गते राति ६ जनाको समूहले तोडफोड गरेको भन्दै अस्पताल प्रशसनले जिप्रकामा साउन ४ गते उजुरी दियो । तोडफोडबाट पसलमा रहेको कम्प्युटर, प्रिन्टर, सिपीयु, राउटर, टेबल, क्यालकुलेटर, औषधीसहित ¥याक दराज क्षति भयो । आरोपितहरु र अस्पताल प्रशासनबीच साउन ४ गते सहमति पछि कारवाही प्रकृया अगाडि बढेन । अभिलेख नम्बर ः ०७३
    – राजविराज नपा–४ स्थित गनासिं अञ्चल अस्पतालमा असोज ६ गते राजविराज नपा–४ का २१ वर्षीय ओमप्रकाश सेठले तोडफोड गरेको भन्दै प्रहरीले असोज १४ गते गिरफ्तार गरी उजुरी दर्ता ग¥यो । रुपनी गापा–६ वीरेन्द्र बजारका अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्यु पछि उनका आफन्तहरुले जिउँदै बालकलाई पोष्टमार्टम गर्न लाग्यो भनी भ्रम सृजना गरी होहल्ला गर्दा आरोपितले अस्पतालको सिसाको झ्याल, टेबुल, कम्प्युटर, स्टाफ रुमको ऐना, शौचालयको ढोका, अक्सिजन कोठाको झ्याललगायत तोडफोड गरी क्षति पु¥याए । जिप्रकाले आवश्यक वस्तु तोडफोडको उजुरी दर्ता ग¥यो । जिल्ला अदालतको कात्तिक ११ गतेको आदेशले आरोपित २५ हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भए । अभिलेख नम्बर ः १०९
 

प्रतिकृया दिनुहोस

ताजा अपडेट