News Category 2070/09/27
४० प्रतिशत भन्दा बढी विद्यालयहरु मर्ज गर्नुपर्ने ः अख्तियारको टोली
दैनिक संवाददाता
राजविराज, २६ पुस ।
अख्तियारको टोलीले सप्तरीको १ सय २० वटा प्राविमा चार वटा टोली खटाएर अनुगमन गरेको र अनुगमनका क्रममा करिब ४० प्रतिशत भन्दा बढी बिद्यालयहरु मर्ज गर्नुपर्ने अवस्थामा भेटिएको जानकारी दिएको छ ।
शुक्रबार राजविराजमा आयोजित अन्तरक्रियामा पत्रकारहरुसँग कुरा गर्दै अख्तियारका बरिष्ठ प्रहरी उपरिक्षक योगेश्वर रोमखामीले बिद्यार्थीहरुलाई शिक्षा दिनुभन्दा पनि आफु प्रअ कसरी बन्ने र आफन्तलाई जागिर कसरी लगाउने नियतबाट विद्यालयहरु खोलिएको पाइएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सप्तरीका बिद्यालयहरुमा भएको अनियमितताको सन्दर्भमा अनुगमन गर्न चार दिनदेखी सप्तरीमा रहेको थियो । अख्तियारका बरिष्ठ प्रहरी उपरिक्षक योगेश्वर रोमखामीको नेतृत्वमा खटिएको टोलीले पाँच दिनसम्म सप्तरीको बिभिन्न बिद्यालयमा पुगेर अनुगमन गरी फर्केको हो ।
अनुगमनका क्रममा आफुहरु कतिपय बिद्यालयमा पुग्दा बाहिरका बिद्यालयहरुबाट बिद्यार्थीहरु ल्याइएको पाइयो कतिपयमा त थोरै मात्र बिद्यार्थीहरु पाइयो, त्यसमा पनि एक कक्षाका बिद्यार्थीलाई तीन कक्षामा बसाएको पनि पाइयो बरिष्ठ प्रहरी उपरिक्षक रोमखामीको भनाई थियो ।
करिब २÷३ बर्षअघि नै भवन निर्माणका लागि रकम निकासा भएपनि कुनै काम नभए, बास्तबिक बिद्यार्थी भन्दा बढी देखाएर रकम निकासा लिएको र छात्रबृति रकम नक्कली बिद्यार्थीको नाम बितरण भएको तथा प्रक्रिया नै नपु¥याएर शिक्षकहरु नियुक्त गरेको जस्ता अनियमितता सप्तरीका अधिकांश बिद्यालयहरुमा भएको पाइएको बरिष्ठ प्रहरी उपरिक्षक रोमखामीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ