News Category 2075/08/16
१५ लाख बालबालिकालाई सहयोगको आवश्यकता ः राष्ट्रसङ्घ
स्वीट्जरल्याण्ड÷मध्य अफ्रिकी गणतन्त्रका दुई तिहाइ बालबालिकालाई आधारभूत मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । गरीब मुलुकको ‘उपेक्षित’ सङ्कट थप खराब अवस्थामा पुगेको चेतावनी दिँदैल्भस् राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय युनिसेफले भनेको छ, “सन् २०१६ मा आधारभूत सहयोगको आवश्यकता रहेका बालबालिका तीन लाख रहेकोमा सन् २०१८ मा यो सङ्ख्या पाँच गुणा बढेर १५ लाख पुगेको छ ।”
मध्य अफ्रिकी गणतन्त्रका लागि संस्थाकी उच्च प्रतिनिधि क्रिस्टिन मुहिघानाले जेनेभामा सञ्चारकर्मीसँग भन्नुभयो, “मध्य अफ्रिकाको अवस्था मुलुकको सन् २०१३ को पृथकतावादी द्वन्द्वका समयभन्दा ‘सम्भवत अझ खराब’ बनेको छ ।” सन् २०१३ मा भएको पृथकतावादी मुसलमान विद्रोहीको गठबन्धन समूह सेलेकाले लामो समयदेखि मध्य अफ्रिकाको नेतृत्व गर्दै आउनुभएका क्रिश्चियन नेता फ्रान्स्वाँ बोजिजलाई आन्दोलनको बलमा पदच्यूत गरेको थियो ।
राज्यको धेरैजसो भूभाग अर्थात् झण्डै फ्रान्सको जति क्षेत्रफलमा मुसलमान मिलिसिया समूहको नियन्त्रण रहेको छ । “यस असामान्य परिस्थितिमा हाम्रो प्रयास भनेको बालबालिकालाई जीवित राख्नु हो,” मुहिघानाले बताउनुभयो । “सहयोगको अपेक्षमा रहेका बालबालिकाको उक्त सङ्ख्याबाहेक हरेक चार बालबालिकामध्ये एक जना कि आन्तरिक रूपमा विस्थापित बनेका छन् कि शरणार्थीका रूपमा विदेश पलायन भएका छन्, युनिसेफको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।” “मध्य अफ्रिकामा यो वर्ष मानवीय सहयोग लिएर पुगेका राष्ट्रसङ्घीय अधिकारीमाथि नै आक्रमण भएपछि सहयोगको आवश्यकता भएका बालबालिकाको जीवन दिनप्रतिदिन कठीन बनेको छ ।” अफ्रिकी गणराज्यमा सन् २०१७ मा विभिन्न ६७ वटा आक्रमण मानवीय सहयोगका लागि काम गर्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थामाथि भएको थियो, जुन सन् २०१८ को साढे आठ महिनामा बढेर २९४ पुगेको युनिसेफको दाबी छ । मुहिघानाले मध्य अफ्रिकामा देखिएको समस्या विश्वमा नै उपेक्षित भएका मानवीय सङ्कटमध्ये सबैभन्दा उपेक्षित अवस्था हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ