News Category 2075/08/18
फेरि त्रिविमा विद्यार्थी बढे
![फेरि त्रिविमा विद्यार्थी बढे](https://rajbirajdainik.com.np//Content/images/localnews/tu%20logo.jpg)
काठमाडौँ, १८ मङ्सिर (रासस) ।
केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिनुभयो ।
त्रिविमा शैक्षिक सत्र २०६९÷७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२÷७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७१÷७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२÷७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।
मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताउनुभयो ।
उहाँका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए), सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् ।
मानविकी सङ्कायमा अर्थशास्त्र, राजनीतिक शास्त्र, सामाजिक शास्त्र र ग्रामीण विकासमा विद्यार्थीको सङ्ख्या पहिलेकै तुलनामा यथावत भएपनि नेपाली, इतिहास, भाषा विज्ञान जस्ता विषयमा विद्यार्थी सङ्ख्या घटेको डीन भुसालले जानकारी गराउनुभयो ।
नयाँ नयाँ कार्यक्रमले व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या घटेका छैनन् । व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराम शर्माले सेमेष्टरका कारण स्नातकोत्तर तहमा विद्यार्थी घटे पनि स्नातक तहमा भने बढेको बताउनुभयो ।
उहाँले पहिल्यैकै तुलनामा विद्यार्थी व्यवस्थापन सङ्कायमा रहेको बताउनुभयो । उहाँले आंगिक क्याम्पसमा नयाँ÷नयाँ कार्यक्रम सञ्चालन भएकोले विद्यार्थी सङ्ख्या स्नातक तहमा बढेको जानकारी गराउनुभयो ।
यस वर्षदेखि व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा मास्टर अफ माउन्टेरिङ स्टडिज् (एमएमएस), मास्टर इन पुलिस साइन्स (एमपिएस) शुरुवात गर्न थालेको छ भने होटेल म्यानेजमेन्ट, जनप्रशासन, व्यवस्थापन प्रशासन जस्ता विषय पढाइ हुने गरेका छन् ।
स्नातक तहमा ब्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (विआइएम), ब्याचलर अफ माउन्टेरिङ स्टडिज् (विएमएस), ब्याचलर अफ विजनेश म्यानेजमेण्ट (विविएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (विएचएम) जस्ता प्राविधिक विषय पढाइ हुने गरेका छन् ।
डीन शर्माका अनुसार स्नातकोत्तर तहमा वार्षिक कार्यक्रममा २५ हजार विद्यार्थी हुने गरेकोमा सेमेष्टरका कारण अहिले ८ हजारमात्र विद्यार्थी रहेका छन् । व्यवस्थापन सङ्कायले त्रिवि केन्द्रीय क्याम्पसमा यस वर्षदेखि एमविएमा अर्को सत्र सञ्चालन गर्ने भएको छ ।
पहिले ३५ विद्यार्थीमात्र पढाउने गरेकोमा अहिले थप अर्को सत्र सञ्चालन गरेर ३५ जनालाई पढाउन थालिएको उहाँले जानकारी गराउनुभयो । शैक्षिक सत्र २०७३÷७४ मा विद्यार्थी सङ्ख्या तीन लाख ६७ हजार ४२७ पुगेको छ । योजना प्रमख पोखरेलले नयाँ नयाँ प्राविधिक विषयले त्रिविमा अहिले विद्यार्थी सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
शैक्षिक सत्र २०६८÷६९ मा तीन लाख ७३ हजार ८४६ विद्यार्थी सङ्ख्याबाट शैक्षिक सत्र २०६९÷७० मा झण्डै दुई लाख २५ हजार बढेर ६ लाख चार हजार ४३७ विद्यार्थी पुगेका थिए । त्यसपछि शैक्षिक सत्र २०७०÷७१ मा त्यो सङ्ख्यामा पुनः एक लाख विद्यार्थी घटेका थिए ।
उक्त शैक्षिक सत्रमा चार लाख पाँच हजार ३४१ विद्यार्थी अध्ययरत रहेका थिए । योजना प्रमुख पोखरेलका अनुसार अहिले २ प्रतिशतका दरले विद्यार्थी सङ्ख्या वृद्धि भएको छ ।
यसैगरी त्रिविमा महिला विद्यार्थीको सङ्ख्यामा समेत वृद्धि भएको छ । त्रिविको पछिल्लो तथ्याङ्क अनुसार महिला विद्यार्थीको सङ्ख्यामा ३४ प्रतिशत वृद्धि भएको उहाँले जानकारी गराउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/04/11 भुक्तानीको विषयमा छिन्नमस्ताका वडा अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
- 2081/04/10 महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’
- 2081/04/09 पूर्वसभापति खतिवडाका छोरी, ज्वाई र नातीको जहाज दुर्घटनामा मृत्यु, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
- 2081/04/09 कान उपचार सेवा केन्द्रको नयाँ भवन शिलान्यास
- 2081/04/09 अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरेर मात्र हुँदैन ः नगर प्रमुख गुप्ता
- 2081/04/08 जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”
- 2081/04/07 डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा ब्याजसहित रकम फिर्ता
- 2081/04/04 कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी
- 2081/04/02 उच्च अदालत जनकपुर राजविराज इजलासले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो
- 2081/04/01 महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ