News Category 2070/09/30
आमाबाबुको दुर्घटनामा मृत्यु भएपछि सात सन्तान विचल्लीमा ५ वर्षिय टुहुरो छोरा किरियामा
नवीनकुमार गुप्ता
राजविराज, २९ पुस ।
दुर्घटनामा आमा बुबाको मृत्यु भएपछि सातजना छोराछोरी विचल्लीमा परेका छन् । सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको यही पुस २० गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि सात जना सन्तानहरु विचल्लीमा परेका हुन् ।
आफ्ना आमा बुबाको मृत्यु भएपछि सातजना सन्तान मध्ये ५ वर्षिय छोरा कृष्ण कुमार यादव किरियामा बसेका छन् । कृष्ण कुमार बाहेक १२ वर्षिया दुर्गा कुमारी यादव, १० वर्षिया दिपिका कुमारी यादव, ८ वर्षिया निर्मला कुमारी यादव, ७ वर्षिया पुष्पा कुमारी यादव, ३ वर्षिय बलराम यादव र एक वर्षिय काखे छोरा किशन कुमार यादव अहिले आमा बाबु बिहीन भएका छन् ।
सात जना सन्तान बाहेक मृतक राजकुमारका ६० वर्षिय बुबा भोगिलाल यादव र ५५ वर्षिया आमा रामसुनौर देवी यादव बिरामी अवस्थामा रहेका छन् ।
अल्पआयुमै छोरा गुमाउनु परेको रामसुनैर देवीले छोरा बुहारी दुबैको मृत्यु भइसकेको अवस्थामा सात जना सन्तानको लालन पालन कसले गर्ने बारे चिन्ताले सताइरहेको बताइन् । उनले भनिन् “अब नातीनातिनीहरुको कसले हेरचार गर्ने, हामी दुबैजना बिरामी नै छौं यीनीहरुको भविष्य कसरी बन्छ” ।
स्थानीयवासीहरुले मृतकका सन्तानहरुको लालनपोषण बारे सम्पूर्ण सरोकारबाला, प्रशासन, व्यक्ति, संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ६ अन्तरगत रुपनीस्थित खाँडो खोलामा पुस २० गते साँझ बिराटनगरबाट आइरहेको ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले साइकलमा सवार यादव दम्पत्तिलाई पछाडीबाट ठक्कर दिँदा उनीहरुको गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते पश्चात् दुबैजनालाई स्थानीयहरुको सहयोगमा राजविराजस्थित सगरमाथा अंचल अस्पताल पु¥याइएको रायपुर निवासी स्थानिय दिनेश यादवले जानकारी दिनुभयो ।
अंचल अस्पतालमा उपचार सम्भव नभएपछि दुबैजनालाई धरान रिफर गरिएको केहीछन पश्चात् शिलादेवी यादवको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । धरान रिफर गरिएका राजकुमारलाई पनि त्यहाबाट बिराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको थियो । तर, पुस २४ गते राति राजकुमारको पनि मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ ।
यता ठक्कर दिने मोटरसाइकलका चालक बिराटनगर ११ निवासी शंकर बस्नेत पनि घाइते भएपछि उनलाई नोबेल मेडिकल कलेज बिराटनगरमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ