News Category 2075/11/22
रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा राजपा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जानकारी दिनुभयो । प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात् १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।
जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार उक्त घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३)नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ ।
प्रतिवादीमध्ये चुन्नीराम यही फागुन ३० गतेदेखि थुनामुक्त हुने र अन्यको कैद अवधि तीन वर्ष भुक्तान भइसकेकाले बुधबारै थुनामुक्त हुने भएका छन् ।
यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महीना कैद हुने ठहर भएकामा निजको पनि कैद भुक्तान भइसकेकाले बुधबारै थुनामुक्त हुने जनाइएको छ । अन्य प्रतिवादी नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले अदालतबाट सफाइ पाएका छन् ।
जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि पछिल्लो पटक भएको निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा वारेसमार्फत उम्मेदवारी दिएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । केही महीनाअघि मात्रै जिल्ला अदालतमा उपस्थित उनलाई कैलाली कारागारबाट केन्द्रीय कारागारमा स्थानन्तरण गरिएको थियो । हालै उनलाई शपथग्रहणसमेत गराइएको थियो ।
उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन वटा वारदातको अभियोग लगाइएकामा डाकाचोरीतर्पm सबै जनाले सफाइ पाएका छन् । कर्तव्य ज्यानतर्फ जन्मकैद सजाय हुने ठहरिएका १० प्रतिवादीले ज्यानसम्बन्धी महलको १५ नंको कसूर अपराधमा तजबिजी पाँच वर्षसमेत थप सजाय र नाबालक श्रवणलाई दुई वर्ष छ महीना कैद हुने ठहर भएकामा मुलुकी ऐनको दण्डसजायको महलबमोजिम ठूलो कलमको कैद ठेकिएकाले कैद ठेकी रहनु नपर्ने फैसला अदालतले सुनाएको छ ।
उक्त मुद्दामा यही फागुन १५ गतेदेखि नियमित सुनुवाइ भएकामा फैसला सुनाइएको हो । उक्त मुद्दाका ५८ प्रतिवादीमध्ये ३१ जना फरार छन् । सत्ताइस जना प्रतिवादी पुर्पक्षका लागि थुनामा थिए ।
फरार रहेकाको हकमा मुद्दा मुल्तबी रहने ठहर अदालतले गरेको छ । मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मीकिशोर शर्माले बहस गरेका थिए । यस्तै प्रतिवादीका तर्फबाट पूर्वन्यायाधिवक्ता हरि फुयाँल, अधिवक्ता दीनमणि पोखरेल, गङ्गाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्र केसी, नाथुराम महतो, जुहारीलाल चौधरीलगायतले बहस गर्नुभएको थियो । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/01 सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी गाडीको ठक्करबाट दुई जना गम्भिर
- 2081/10/01 दुर्घटनामा परेका युवक घरमा मृत फेला
- 2081/09/29 दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
- 2081/09/29 दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
- 2081/09/29 पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
- 2081/09/28 सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
- 2081/09/28 परालमुनी लुकाई राखिएको ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद, चार जना प्रहरी पुरस्कृत
- 2081/09/27 बाटोको जग्गाको विषयलाई लिएर दुई छिमेकीबीचको विवाद उत्कर्षमा
- 2081/09/27 समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी
- 2081/09/26 अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण छ ः मुख्य न्यायाधिश ज्ञवाली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ