News Category 2076/06/02
संविधानप्रति असन्तुष्टी कहिले हट्ने !
आज नेपालको नयाँ संविधान जारि भएको चार वर्ष पुगेको छ । यद्दपी यी चार वर्षमा संविधानप्रति असन्तुष्टी हट्न सकेको छैन् । अहिले पनि मधेश केन्द्रित दल मध्ये राष्ट्रिय जनता पार्टी नेपालले संविधानलाई आत्मसाथ गर्न सकिरहेको छैन् । आजको दिन सरकारले संविधान दिवसको रुपमा मनाउँदै छ भने संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै राजपाले कालो दिवसको रुपमा मनाउँदै छ । त्यस्तै अर्को समाजवादी पार्टीले संविधान दिवस मनाउनेप्रति मौन बसेको छ । यसरी एउटै मुलुकमा एउटै संविधानप्रति तीन थरिका व्यवहारप्रति सत्तापक्ष दलले मनन् गर्नु पर्ने बेला भएको छ ।
यही संविधान अन्तरगत राजपा र तत्कालिन संघीय समाजवादी फोरम नेपालले तीनै तहको निर्वाचनमा सहभागिता समेत जनाएका थिए । तर, तीनै तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत दुबै दलले आ–आफ्नो तरिकाबाट संविधानप्रति व्याख्या गर्दैैछन् । संविधानप्रति असन्तुष्टी व्यक्त गर्दै २०७२ सालमा ६ महिनासम्म मधेश आन्दोलन समेत भएको थियो । सो आन्दोलनका क्रममा ठूलो जनधनको क्षति र व्यापार घाटादेखी सरकारसँग भारतको सम्बन्धमा समेत केही चिसिएको थियो । तर, पछि तत्कालिन सरकारले मधेशीको मागप्रति लचकता अपनाएर तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भयो । परिणाम स्वरुप आज सरकारले संविधान जारि भएको खुशियालीमा संविधान दिवस राजपाले कालो दिवस र समाजवादी पार्टी मौन बसको छ ।
तसर्थ संविधान जारि भएको चौथो वर्षको अवसरमा सरकारले अब आउँदो वर्ष सम्पूर्ण राजनैतिक दललाई एउटै थलोमा राखेर संविधान दिवस मात्र मनाउने वातावरण निर्माण गर्नेप्रति गम्भिर ध्यानाकर्षण गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ