News Category 2076/06/02
संविधानप्रति असन्तुष्टी कहिले हट्ने !
आज नेपालको नयाँ संविधान जारि भएको चार वर्ष पुगेको छ । यद्दपी यी चार वर्षमा संविधानप्रति असन्तुष्टी हट्न सकेको छैन् । अहिले पनि मधेश केन्द्रित दल मध्ये राष्ट्रिय जनता पार्टी नेपालले संविधानलाई आत्मसाथ गर्न सकिरहेको छैन् । आजको दिन सरकारले संविधान दिवसको रुपमा मनाउँदै छ भने संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै राजपाले कालो दिवसको रुपमा मनाउँदै छ । त्यस्तै अर्को समाजवादी पार्टीले संविधान दिवस मनाउनेप्रति मौन बसेको छ । यसरी एउटै मुलुकमा एउटै संविधानप्रति तीन थरिका व्यवहारप्रति सत्तापक्ष दलले मनन् गर्नु पर्ने बेला भएको छ ।
यही संविधान अन्तरगत राजपा र तत्कालिन संघीय समाजवादी फोरम नेपालले तीनै तहको निर्वाचनमा सहभागिता समेत जनाएका थिए । तर, तीनै तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा समेत दुबै दलले आ–आफ्नो तरिकाबाट संविधानप्रति व्याख्या गर्दैैछन् । संविधानप्रति असन्तुष्टी व्यक्त गर्दै २०७२ सालमा ६ महिनासम्म मधेश आन्दोलन समेत भएको थियो । सो आन्दोलनका क्रममा ठूलो जनधनको क्षति र व्यापार घाटादेखी सरकारसँग भारतको सम्बन्धमा समेत केही चिसिएको थियो । तर, पछि तत्कालिन सरकारले मधेशीको मागप्रति लचकता अपनाएर तीनै तहको निर्वाचन सम्पन्न गराउन सफल भयो । परिणाम स्वरुप आज सरकारले संविधान जारि भएको खुशियालीमा संविधान दिवस राजपाले कालो दिवस र समाजवादी पार्टी मौन बसको छ ।
तसर्थ संविधान जारि भएको चौथो वर्षको अवसरमा सरकारले अब आउँदो वर्ष सम्पूर्ण राजनैतिक दललाई एउटै थलोमा राखेर संविधान दिवस मात्र मनाउने वातावरण निर्माण गर्नेप्रति गम्भिर ध्यानाकर्षण गर्नु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ