News Category 2076/06/23
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
राजदेवी राईजिंग राजबिराजद्वारा प्रत्येक बर्ष आयोजना गरिने मित्रमिलन समारोह अन्र्तगत बुधबार १० औं बर्षको अवसरमा आयोजना गरिएको क्रिकेट खेलमा टिम कालोले टिम निलोलाई ८ बिकेटले पराजित गरेको छ ।
राजविराजस्थित राजदेवी मा.बि.को खेल मैदानमा भएको खेलमा टिम निलोले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय ६७ रन बनाएको थियो ।
राजदेवी निलोका तर्फबाट महेश देवले आर्कषक ब्याटिंग गर्दै ३० बलमा नटआउट रहि ५० रन तथा चन्दन यादव ३४, आयुश श्रेष्ठ १३, देवेश चौधरी १२ र संदिव देवले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ राजदेवी कालोका तर्फबाट संजय यादव र राजेन्द्र यादवले सामान २ बिकेट तथा मुकेश झा र कमानन्द यादवले सामान १ बिकेट लिएका थिए ।
१ सय ६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजदेवी कालोले सजिलै उक्त लक्ष्य १८ ओभर ३ बलमा २ बिकेटको नोक्सानीमा भेटाएका थिए । राजदेवी निलोलाई सजिलै बिजय गराउन आलोक चौधरी र जगरनाथ साहले आर्कषक ब्याटिंग गर्दै तेश्रो बिकेटको लागि १ सय ५४ रनको अविजित साझेदारी गरेका थिए । जसमा आलोक चौधरीले ५१ बलमा १२ चौक्का र २ छक्काको मद्धतले ७८ रन तथा जगरनाथ साहले ४५ बलमा ९चौक्का र १ छक्काको मद्धतले ६० रनको योगदान दिएका थिए ।
बलिंग तर्फ राजदेवी निलोका तर्फबाट बिनोद रजक र शिवकान्त देवले सामान १ बिकेट लिएका थिए भने खेलको म्यान अफ द म्याच राजदेवी निलोका तर्फबाट आर्कषक ब्याटिंग गर्ने आलोक झा घोषित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ