News Category 2076/06/29
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
दैनिक समाचारदाता
धनुषा, २९ असोज ।
राजपा नेपाल धनुषाले बुधबार बिहान पक्राउ परेका सांसद प्रमोद साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेको छ ।
राजपा नेपाल धनुषाले जनकपुरस्थित रामानन्द चोकको पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै बुद्ध एयरको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य संघसहित विभिन्न संघ संस्था लगायतकाहरुसंघ बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना रहेको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलको संयोजक प्रमोदकुमार यादवले जानकारी दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ