News Category 2076/08/07
आन्तरिक विवाद सार्वजनिक नगरौं
कुनै पनि राजनीतिक दलको मेरुदण्ड भातृ संघ संगठन हो । भातृ संघ संगठन बलियो र विवादरहित भएमा मात्र पार्टीको कामकाज सूचारु ढंगले चल्न सक्छ । यदी भातृ संघ संगठनमा कुनै विवाद भएमा त्यसलाई सक्दो चाडै समाधान गर्नेतर्फ पार्टी नेतृत्व पंक्तिले कदम चाल्नु पर्दछ । विवाद लम्बिदै गएमा पार्टीलाई नै नकारात्मक असर पर्न सक्छ । सन्दर्भ हो सप्तरी काँग्रेसको भातृ संगठन नेवि संघ र तरुण दलमा देखिएको विवाद । हुन त काँग्रेस सप्तरीले सो विषयमा विवाद नरहेको स्पष्ट समेत पारिसकेको छ ।
तर, अहिले पनि दुबै भातृ संगठनको अध्यक्षका लागि दुई पक्षबीच जुंगाको लडाई चलिरहेको छ । काँग्रेसको भातृ संगठन नेवि संघको अध्यक्ष बारे जिल्ला समितिले आफ्नो आधिकारीक्ता बारे स्पष्ट पारिसकेको छ भने तरुण दल जिल्लामा विघटन भएको बारे समेत धारणा राखिसकेको अवस्थामा अर्को पक्षले दुबै संगठनको अध्यक्ष बारे बारम्बार विज्ञप्ति जारि गर्दै संचारमाध्यमबाट जानकारी गराउँदै आएको छ । पार्टी भित्रै अर्को पक्षले आफ्नो अडान राख्नुको साटो मिडियाबाजी गरेर कस्तो सन्देश दिन खोजेको हो ? मिडियालाई प्रयोग गरेर कति दिनसम्म यस्ता आन्तरिक विषयलाई सार्वजनिक गर्ने हो ! यो एउटा गम्भिर विषय हो ।
कुनै पनि असन्तुष्टिलाई पार्टी भित्रै छलफलको माध्यमबाट समाधान गर्नुको साटो मिडियाबाजी गर्नु उचित कार्य होइन् । तसर्थ यस्ता गम्भिर विषयलाई दुबै पक्षले आन्तरिक रुपमै छलफल गरेर पूर्णबिराम लगाउन आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ