News Category 2076/08/13
सप्तरी क्रिकेट टिम प्रदेश च्याम्पियन
दैनिक समाचारदाता
रौतहट, १३ मंसिर ।
रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी सप्तरीले हात पारेको छ ।
जितसँगै सप्तरीले रु. १ लाख नगद प्राप्त गरेको छ भने उपविजेता सर्लाहीले रु. ५० हजारमै चित्त बुझाएको छ ।
प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न फाइनल खेलमा सप्तरीले सर्लाहीलाई ४६ रनले पराजित गर्दै सो उपाधि माथी कब्जा गरेको हो ।
सम्पन्न खेलमा सर्लाहीले टस जिति सप्तरीलाई पहिलो ब्याटिंङ गर्ने निम्तो दिएपछि ब्याटिङ गर्न ओर्लेको सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ बिकेटको नोक्सानीमा १ सय २६ रनको योगफल तयार पारेको थियो ।
जसमा आशिष झाले ३४, कप्तान महवुव आलमले २४, बिकास दासले नटआउट २८ रनको योगदान दिएका थिए भने अविनाश कर्णले ११ रनको योगदान दिएका थिए ।
यता बलिंङतर्फ सर्लाहीका सन्दिप खडकाले २ बिकेट तथा सुशान्त सिंह, समशाद सेख, सोहन यादव र राजेश पुलामि मगरले सामान १ बिकेट लिएका थिए ।
१ सय २७ रनको चुनौति लिई मैदानमा ओर्लेको सर्लाही १९ औं ओभरमा ८० रनमै समेटिएको थियो । सर्लाहीका लागि राजेश पुलामि मगर २१ रन बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेका थिएनन् ।
यता सर्लाहीलाई सस्तोमा समेटन सप्तरीका कप्तान महवुव आलमले ४ बिकेट लिएका थिए भने उपेन्द्र रोयले ३ बिकेट लिएका थिए । तीन खेलाडी रनआउट भएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच सप्तरीका कप्तान महवुव आलम घोषित भएका थिए भने उनले बेष्ट बलर तथा म्यान अफ द सिरिजको उपाधि समेत हात पारे ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान सप्तरीका बिवेक यादव तथा उत्कृष्ट फिल्डर सर्लाहीका सन्दिप खडका भएका थिए । प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु १० हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने अन्य बिद्या प्राप्त गर्ने खेलाडिलाई रु. ५ हजारसहित ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/25 बौद्धिक अपाङगता भएका लागि बजेट बिनियोजन गर्न तीनै तहलाई आग्रह
- 2081/01/25 घरबाट दराज र बाकसै उठाएर चोरी
- 2081/01/25 गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
- 2081/01/24 मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता
- 2081/01/24 अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान
- 2081/01/24 महिलाहरु तरकारी खेतीतर्फ आकर्षित
- 2081/01/24 बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
- 2081/01/23 पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित
- 2081/01/23 अशोक राईको अध्यक्षतमा नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन
- 2081/01/23 जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ