News Category 2076/09/05
बीमा गराउँदा आफ्नो सम्पत्ति कालोधन नभएको प्रमाणित गर्नुपर्ने
दैनिक समाचारदाता
काठमाडौं, ४ पुस ।
अबदेखी जीवन बीमा गर्दा जो सुकैले आफ्नो सम्पत्ति कालोधन नभएको अनिवार्य रुपले प्रमाणित गर्नु पर्ने भएको छ ।
जीवन बीमा गर्दा बीमत स्वयम्ले कालोधन नभएको प्रमाणित गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको हो । यता १९ वटै बीमा कम्पनीहरुले बीमा गराउँदा बीमित स्वयमबाट सम्पत्ति शुद्धिकरण नियम अनुसारको विवरण भरेर हस्ताक्षर गराउन सुरु गरेको छ ।
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान केही अघिदेखि नै लागू भएको भएपनि सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण लेखेर हस्ताक्षर गर्नुपर्ने नियम लागू भने भर्खरै सुरु भएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा जिल्लास्थित सबै शाखा प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी १० पृष्ठ लामो निर्देशिका नै पठाएर कार्यान्वयनमा ल्याएको छ ।
त्यस्तै, एलआईसी इन्स्योरेन्सले पनि बीमिति स्वयम्लाई कालोधन नभएको प्रमाणित गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ तथा पुराना गरी १९ वटै जीवन कम्पनीहरुले सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रावधान राखेर बीमित स्वयम्लाई हस्ताक्षर गराउन थालिएको हो ।
बीमितले आफूसँग कालोधन नभएको र कुनै पनि छानविन गर्न चाहेमा आफ्नो मन्जुरी रहेको भन्ने व्यवहोरामा हस्ताक्षर गराउने गरिएको छ ।
त्यस्तै, नेपाल लाईफले पनि कालोधन प्रशोचन हुन नदिन आवश्यक बीमा गर्दा बीमितिलाई नै कालोधन नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ ।
बीमा समितिले सम्पत्ति शुद्धिकरण विभागकै अधिकारीहरुलाई सहभागी गराएर गत कार्तिक ७ गते ४० वटै बीमा कम्पनीका जिम्मेवार अधिकारीहरुलाई बोलाएर कालोधन रोक्ने प्रावधान लागू गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिएको इन्स्योरेन्स खबरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
- 2082/03/17 एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह
- 2082/03/17 जिल्ला प्रशासन कार्यालयमै पाकेटमारी गरेको आरोपमा एक वृद्ध पक्राउ
- 2082/03/17 राजगढमा सभागृह बन्दै
- 2082/03/17 ग्यास चुलो सँग स्वस्थ्य जिवन शैलीको शुरुवात
- 2082/03/17 भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
- 2082/03/17 चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
- 2082/03/15 बैदेशिक रोजगारीमा गएका २४ जनाले ज्यान गुमाए
- 2082/03/15 रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ