News Category 2076/09/07
नरिवलको रक्सी खाँदा आठको मृत्यु, सयौँ अस्पताल भर्ना
मनिला, ७ पुस (रासस÷एएफपी) ।
नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
रक्सीकै कारण बिरामी भएका अरू सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुनसक्ने विश्वास गरिएको छ ।
राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।
रक्सी सेवन गरेपछि उनीहरूले शुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो ।
रक्सी सेवनका कारण बिरामी भएका ३०० जना अस्पतालमा भर्ना भएका उहाँले बताउनुभयो । उनीहरू सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरूको भनाइ छ ।
क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् ।
पछाडि पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ