News Category 2076/09/24
हात्ति आंतक नियन्त्रण गर्न कीन ढिलाई ?
सप्तरीको पूर्वी र राजमार्गको उत्तरी भेगमा हात्तिले आंतक मचाउँदा सम्बन्धीत निकाय अहिलेसम्म कुनै ठोस कदम उठाउन सकिरहेको छैन् । हात्ति आंतकले दर्जनौं घरमा हप्तापिच्छै क्षति पुगिरहेको छ । गत हप्ता मात्र त्यस भेगका दुई दर्जन बढी घरमा हात्तिले आफ्नो तान्डव देखाएको छ । जसकारण घर तोडफोड हुनुका साथै हात्तिले घरमा भएको सबै अन्नपात खाएका छन् । यो समस्या कुनै नयाँ नभएर निकै पुरानो हो ।
जनप्रतिनिधि नभएकोले समयदेखी नै यस भेगका जनताहरु हात्तिबाट पीडित बन्दै आएका छन् । तर, अहिले जनप्रतिनिधि भएको बेला स्थानिय सरकारले हात्ति नियन्त्रण गर्न कुनै ठोस पहल गर्न सकेका छैनन्् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका जंगली हात्तीहरुले स्थानिय समेतलाई घाइते बनाउनेदेखी लिएर खेतमा लगाएको विभिन्न बालीहरु नष्ट गर्ने काम गर्ने गरेका छन् । हात्तिको आक्रमणबाट आधा दर्जन बढी व्यक्तिको ज्यान समेत गएको छ । मध्यरातमा आउने ती जंगली जनावरहरुले जिल्लाको पूर्वी भेगका कंचनपुर, भारदह, भग्नी मलेठ, बदगामा, जगतपुर त्यस्तै राजमार्ग भन्दा उत्तरतर्फ कृष्णसवरण अग्निसाइर र रुपनी गाउँपालिका तथा खडक नगरपालिकामा समेत कृषकहरुले लगाएको बिघौ बालीहरु नष्ट गर्ने गरेका छन् ।
हात्तिको आक्रमणबाट व्यक्तिहरुको ज्यान समेत जाने गर्दा यस्ता कार्यप्रति स्थानिय प्रशासनले हालसम्म कुनै नियन्त्रणको पहल गर्न सकेको देखिन्न् । तसर्थ हात्ति नियन्त्रण गर्नेतर्फ स्थानिय सरकारले गाउँ सभाबाटै ठोस नीति निर्माण गर्नेतर्फ ध्यान पु¥याउनु अति आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/01 कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ