News Category 2076/09/24
हात्ति आंतक नियन्त्रण गर्न कीन ढिलाई ?
सप्तरीको पूर्वी र राजमार्गको उत्तरी भेगमा हात्तिले आंतक मचाउँदा सम्बन्धीत निकाय अहिलेसम्म कुनै ठोस कदम उठाउन सकिरहेको छैन् । हात्ति आंतकले दर्जनौं घरमा हप्तापिच्छै क्षति पुगिरहेको छ । गत हप्ता मात्र त्यस भेगका दुई दर्जन बढी घरमा हात्तिले आफ्नो तान्डव देखाएको छ । जसकारण घर तोडफोड हुनुका साथै हात्तिले घरमा भएको सबै अन्नपात खाएका छन् । यो समस्या कुनै नयाँ नभएर निकै पुरानो हो ।
जनप्रतिनिधि नभएकोले समयदेखी नै यस भेगका जनताहरु हात्तिबाट पीडित बन्दै आएका छन् । तर, अहिले जनप्रतिनिधि भएको बेला स्थानिय सरकारले हात्ति नियन्त्रण गर्न कुनै ठोस पहल गर्न सकेका छैनन्् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका जंगली हात्तीहरुले स्थानिय समेतलाई घाइते बनाउनेदेखी लिएर खेतमा लगाएको विभिन्न बालीहरु नष्ट गर्ने काम गर्ने गरेका छन् । हात्तिको आक्रमणबाट आधा दर्जन बढी व्यक्तिको ज्यान समेत गएको छ । मध्यरातमा आउने ती जंगली जनावरहरुले जिल्लाको पूर्वी भेगका कंचनपुर, भारदह, भग्नी मलेठ, बदगामा, जगतपुर त्यस्तै राजमार्ग भन्दा उत्तरतर्फ कृष्णसवरण अग्निसाइर र रुपनी गाउँपालिका तथा खडक नगरपालिकामा समेत कृषकहरुले लगाएको बिघौ बालीहरु नष्ट गर्ने गरेका छन् ।
हात्तिको आक्रमणबाट व्यक्तिहरुको ज्यान समेत जाने गर्दा यस्ता कार्यप्रति स्थानिय प्रशासनले हालसम्म कुनै नियन्त्रणको पहल गर्न सकेको देखिन्न् । तसर्थ हात्ति नियन्त्रण गर्नेतर्फ स्थानिय सरकारले गाउँ सभाबाटै ठोस नीति निर्माण गर्नेतर्फ ध्यान पु¥याउनु अति आवश्यक रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/29 एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
- 2082/07/27 सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
- 2082/07/27 मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ