News Category 2076/09/25
अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
राजबिराजस्थित राजरंगशालामा शुक्रबारदेखी अन्तर बिद्यालय जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
ग्रिन नेपालको आयोजनामा संचालित उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा म्याक्सवेल बोर्डिंग स्कुलले ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुललाई १ सय ४० रनले पराजित गरेको छ ।
सम्पन्न खेलमा म्याक्सवेलले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेटको नोक्सानीमा २ सय ३ रनको योगफल तयार पारेको थियो । म्याक्सवेलका लागि रोहन बिकले बिष्फोटक ब्याटिंग गर्दै ४० बलमा ११ चौक्का र ५ छक्काको मद्धतले ९१ रनको योगदान दिएका थिए । रोहन बाहेक पंकज यादवले १६ तथा संजित साहले नटआउट रहि १९ रनको योगदान दिएका थिए ।
यता बलिंग तर्फ प्रज्वल यादवले ३ तथा प्रिन्स यादव र सुनिल यादवले सामान २ बिकेट लिएका थिए । २ सय ४ रनको लक्ष्य लिई मैदानमा ओर्लेको ह्याप्पील्याण्ड सेकेण्ड्री स्कुल १४ ओभरमै सम्पुर्ण बिकेट गुमाई ६४ रनमै समेटिएको थियो । ह्याप्पील्याण्डलाई सस्तोमा समेटन म्याक्सवेलका सकिम आलमले ४ तथा आदित्य रामले २ बिकेट लिएका थिए भने रोहन बिक, केशव साह र असन जमालले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच म्याक्सवेलका रोहन बिक घोषित भएका थिए ।
उद्घाटन कार्यक्रम अन्र्तगत ग्रिन नेपालको अध्यक्ष खेलानन्द दासको अध्यक्षता संचालित कार्यक्रममा सप्तरी क्रिकेट संघका अध्यक्ष तथा प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रम अन्र्तगत ईजि वल्र्ड इन्जीनियरका प्रोपोराईटर रामजी यादव, प्रहरी नायब उपरिक्षक तिलक भारती, एम एण्ड एम मोर्टसका प्रोपोराईटर अनवर अली लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ