News Category 2076/10/19
सवारी दुर्घटना पाँच यात्रुको मृत्यु, १४ घाईते
दैनिक समाचारदाता
सुनसरी, १९ माघ ।
सुनसरीको रामधुनी नगरपालिका २ कृषी फर्म छेउमा आइतबार बिहान माइक्रो (हायस) र बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रुहरु घाईते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस र बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परि हायस चालक धार्दिङ बैरेनीका दिपक खड्का, हायसमा सवार झापा, भद्रपुर ५ की ६८ बर्षीया डोल कुमारी कोईराला, निजकै श्रीमान हेमराज कोईराला, झापा चन्द्रगढीकी १८ बर्षीय गरिमा गौतम र झापा भद्रपुर ७ का ४५ बर्षीय टंक प्रसाद काफ्लेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा परी हायसमा सवार ११ तथा बसमा सवार तीन जनाको एपेक्स हस्पिटल ईटहरी, धरानको घोपामा र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यता बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ