News Category 2076/10/19
फिलिपिन्समा कोरोनाबाट एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो
बेइजिङ, १९ माघ (रासस÷एएफपी) ।
कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको सङ्ख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा सङ्क्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखापरेको छ ।
चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहानसमेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधनहरु बन्द गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबारमात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।
मङ्गोलिया र रसियाले सिमानाका बन्द गरेका छन् र पपुवा न्युगिनीले एशियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्णरुपमा रोकिएको छैन । फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” फिलिपिन्सका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रवीन्द्र अबेयासिङ्घेले बताउनुभयो ।
बेलायत, रसिया र स्विडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक सङ्क्रमित भएको जनाएका थिए ।
चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ हजार ५०० पुगेको छ ।
सन् २००२÷३ मा चीनमा फैलिएको सार्सभन्दा कोरोना भाइरसका बिरामी धेरै बढी देखिएका छन् । सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।
व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यही कारण करिब एक करोड १० लाख जनसङ्ख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवतजावतमा कडाइ गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब पाँच करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ