News Category 2077/08/28
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता
राजबिराज÷राजबिराज नगरपालिकाको मुसहरियामा पहिलो पटक किशोरीहरूको क्षमता अभिबृद्विका लागि अन्तर वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
शनिवार राजबिराज वडा १५ स्थित जनता आधारभुत बिद्यालय मुसहरनियामा वडा बाल संरक्षण समितिको आयोजनामा सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा किशोरकिशोरी कार्यक्रम अन्तर्गत ब्याटमिन्टन खेलको आयोजना गरिएको हो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत वडास्तरिय किशोरीहरू बिच आयोजित अन्तर बिद्यालय ब्याटमिन्टन खेलमा रंजन कुमारी यादब प्रथम, किरण राम दोस्रो तथा रेणु कुमारी यादब तेस्रो तथा सान्त्वना स्थान रंजन कुमारी मण्डलले प्राप्त गरिन् ।
सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेकालाई कप प्रदान गरे ।
यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरे ।
यसैगरी शब्द लेखन प्रतियोगितामा चाँदनी कुमारी शर्मा प्रथम, मो. अब्दुल दोस्रो, अरबिन्द यादब तृतिय स्थान हासिल गरेका छन भने नितु कुमारी मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन ।
त्यसैगरी बक्तित्व कला प्रतियोगितामा रेणु कुमारी यादब प्रथम, ज्योती कुमारी मण्डल दोस्रो, सुजित कुमार मण्डल तृतिय घोषित भएका छन भने निराजन कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेको सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ