News Category 2071/03/14
एमाओवादी नेताका हत्या आरोपितस“ग धरौटी माग
राजविराज, १३ असार ।
एमाओवादी जनसङ्गठन मोर्चाका तत्कालीन अध्यक्ष एवम् पूर्व जनसरकार प्रमुख गोविन्द चौधरीको हत्याको आरोपमा सारस्वर–५ गौरा टोलका ताराकान्त यादवसँग अदालतले शुक्रबार धरौटी मागेको छ ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासबाट सप्तरीको खोक्सरप्रवाहा–१ का ३२ वर्षीय एमाओवादी नेता दिपु भनिने गोविन्द चौधरीको हत्या आरोपमा यादवसँग रु २५ हजार धरौटी माग्ने आदेश भएको हो ।
आरोपित यादवको निर्देशनमा बोदे बर्साइन गाविस–४ बाट २०६४ असार ९ गते अपहरण गरी सोही दिन नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याई पीडितलाई पाँचवटा गोली हानी हत्या गरेको आरोप छ । मृतकको २०६४ असार १० गते राजविराजस्थित अञ्चल अस्पतालमा शव परीक्षण भएको थियो ।
मृतकका दिदी धनगढी गाविस–३ की ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालयमा २०६४ असार १४ गते यादवसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।
सो हत्या आरोपमा २०६४ असार १४ गते हतियारसहित गिरफ्तार भएका रामपुर जमुवा गाविस–१ का २४ वर्षीय जगदीशप्रसाद भगतलाई अदालतले २०६७ चैत १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अर्का आरोपित सारस्वर गाविस–६ का २९ वर्षीय ज्याबुल मियाँले २०६७ चैत १९ गते सफाइ पाएका थिए भने हत्या घटनामा फरार रहेका अन्य सात जनाको मुद्दा अदालतमा मुल्तबीमा रहेको छ ।
एक अर्को हत्याको आरोपमा आरोपित यादव राजविराज कारागारमा जन्मकैदमा छन् । सारस्वर गाविस–६ निवासी नेपाली काँग्रेस गाउँ विकास समितिका सभापति ५० वर्षीय इन्द्रनारायण यादवको हत्या आरोपमा उनलाई अदालतले गत जेठ २१ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
गोली प्रहार गरी २०६९ असार २८ गते राति यादवको हत्या गरेको आरोपमा उनी असार २९ गते गिरफ्तार भएका थिए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ