News Category 2071/03/24
संसदीय विकास कोष र नगरपालिकाको सहयोगमा बृक्षा रोपन
दैनिक संवाददाता
राजविराज, २३ असार ।
राजविराज नगरलाई स्वच्छ हराभरा गर्ने उद्देश्यले अहिले नगरको विभिन्न स्थानमा बृक्षा रोपण गर्न थालिएको छ ।
राजविराजस्थित रुपनीमोड, सिडियो बंगला रोड, जिल्ला अदालत रोड, राम मन्दिर रोड, पत्रकार महासंघ रोड लगायतका स्थानमा राजविराज नगरपालिकाले बृक्षा रोपन कार्यलाई तिब्रता दिएको छ ।
यसैबीच सभासद् रन्जु झा ठाकुरको संसदीय विकास कोषबाट राजविराज नगरपालिकाको सहयोगमा सोमबार बृक्षा रोपन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरहरि बराल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले संयुक्त रुपमा बृक्षा रोपन गर्नुभयो ।
राजविराजस्थित सिडिओ बंगलादेखी जिल्ला अदालतसम्मको सडक छेउमा उक्त बृक्षा रोपन गरिएको राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
सो क्षेत्रमा १ सय वटा अशोकको बोट रोपिएको तथा ती सबैलाई जालीले ढाक्ने कार्य गरिएको उहाँले जानकारी दिनुभयो । ती कार्यलाई सभासद् कोषबाट ८५ हजार रकम निकासा भएको छ ।
यस्तै सभासद् ठाकुरले रु. १ लाख रकम सिलाई मेसिन खरीद गर्नका लागि राजविराज नगरपालिका कार्यालयलाई दिएको अधिकृत गुरुङ्गले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ