News Category 2071/03/24
एमनेष्टीको साधारण सभा सम्पन्न शम्भुनन्द चौधरीको संयोकत्वमा नया“ कार्य समिति गठन
दैनिक संवाददाता
राजविराज, २३ असार ।
एमनेष्टी इन्टरनेशनल ग्रुप ३० राजविराजको सोमबार १३ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै एमनेष्टी इन्टरनेशनल राष्ट्रिय कार्यसमितिका कावा महासचिव डिक प्रसाद घिमिरेले एमनेष्टीको इन्टरनेशल एउटा छुट्टै संस्था भएकोले यसको कार्य गर्ने शैली पनि छुट्टै रहेको जिकिर गर्नुभयो ।
समूहका संयोजक शेखर प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न सभासमा केन्द्रिय सदस्य चेत बहादुर मगर, समूहका पूर्व संयोजक दिनेश सिंह, पत्रकार नविनकुमार गुप्ता लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने स्वागत मन्तव्य अधिवक्ता भोगेन्द्र यादव तथा संचालन सचिव शम्भुनन्द चौधरीले गर्नुभएको थियो ।
सो सभामा सचिवको प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन क्रमश शम्भुनन्द चौधरी र मिथिलेश कुमार यादवले प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि सभा समापन पश्चात् भएको बन्द सत्रबाट शम्भुनन्द चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति समेत गठन भएको छ ।
गठित समितिको सहसंयोजकमा मिथिलेश कुमार यादव, सचिवमा नवीनकुमार गुप्ता, सहसचिवमा अन्जना माझि र कोषाध्यक्षमा मनोज कुमार यादव रहनु भएको छ ।
यस्तै सदस्यहरुमा अधिवक्ता भोगेन्द्र यादव, मिथिलेश कुमार देव, जयकिशोर गोइत, सुनिता सिंह, अर्चना साह र अवधेश कुमार यादव रहनु भएको छ भने सल्लाहकारहरुमा निवर्तमान संयोजक शेखर प्रसाद सिंह, पूर्व संयोजक दिनेश सिंह र चिकित्सक डा. टेक नारायण मण्डल रहनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ