News Category 2071/04/01
असार मसान्तसम्ममा सप्तरीमा करिब २८ प्रतिशत मात्र धान रोपाई
दैनिक संवाददाता
राजविराज, ३२ असार ।
असारको अन्तिम समय सम्ममा सप्तरीमा करिब २८ प्रतिशत मात्र धान रोपाई हुन सकेको छ ।
जिल्लाको कुल ७० हजार कृषि योग्य क्षेत्रफल मध्ये समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएकोले असार मसान्तसम्ममा करिब २८ प्रतिशतको हाराहारीमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अशोक कुमार दास यादवले जानकारी दिनुभयो ।
खासगरी जिल्लाको पुर्वी, दक्षिणी, उत्तरी भेगमा करिब २८ प्रतिशत धान रोपाई भएपनि जिल्लाको पश्चिमी र केही दक्षिणी भेगका गाविसहरुमा अझ धान रोपाई हुन नसकेको प्रमुख यादवको भनाई छ ।
जिल्लाको उत्तरी र पश्चिमी भेगका केही गाविसहरु जमुनी मधेपुरा, पातो, पत्थरगाडा, तरही, कुशहा, कयाणपुर, रामनगर, रामपुर जमुवा, बोदे बर्साइन, मलेकपुर, नर्घो, झुटकी, रायपुर, खोक्सर प्रवाहा, शम्भुनाथ, सहितका गाविसहरुमा अझै धान रोपाई हुन नसकेका कारण त्यस भेगका किसानहरु चिन्तित बनेका छन ।
समयमा प्रयाप्त मात्रामा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था हुन नसकेका कारण जिल्लाको ७२ प्रतिशत खेत अझ बाँझै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असार महिना सम्ममा जिल्लामा करिब ५० प्रतिशत सम्म धान रोपाई हुनुपर्ने ठाउँमा २८ प्रतिशत मात्र धान रोपाई हुन सकेकोले सप्तरीमा यस वर्ष पनि खडेरीको प्रवल सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
समयमा प्रर्याप्त मात्रामा वर्षा हुदाँ तथा सिचाईको उचित व्यवस्था नभएपछि खासगरी जिल्लाको पश्चिमी भेगका दर्जनौ गाविसका किसानहरुले मोटर तथा सिडीबाट खेतमा पानी हालेर धान रोप्न बाध्य भएको जमुनी मधेपुराका स्थानीय किसान बेचन यादवले दुखेसो पोखेका छन । उनीजस्तै अहिले जिल्लाका अधिकांश किसानहरुको यस्तै पिडा रहेको छ । समयमा वर्षा नहुदाँ यहाँका किसानहरु खेतमा धान रोप्न नपाएपछि चिन्तित बनेपनि त्यस तर्फ राज्य तथा सम्बन्धित निकायको ध्यान जान नसकेको गुनासो स्थानीय किसानहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ