News Category 2071/03/32
फेसबुकमा कमेन्ट लेखेका रहमानले पाए सफाई
दैनिक संवाददाता
राजविराज, ३१ असार ।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेका सप्तरीका पोर्ताहा १ निवासी अब्दुल रहमानलाई मंगलबार जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ ।
जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको आदेशले उहाँले सफाई पाउनु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले रहमानमाथि दायर गरेको विद्युतीय कोराबार ऐन अन्तर्गतको मुद्दामा पेश भएको सबुत, प्रमाण र रहमानको कसुरले सो मुद्दा चल्ने नदेखिएकोले रहमानलाई अदालतले सफाई दिएका हो ।
सप्तरी प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत सप्तरी जिल्ला अदालतसँग पाँच वर्षसम्मको कैद र रु एक लाखसम्म जरिवाना माग गर्दै रहमान बिरुद्ध विरुद्ध मुद्दा दायर गरेको थियो ।
सप्तरी जिल्ला अदालतले विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा हेर्ने क्षेत्राधिकार काठमाडौँ जिल्ला अदालतको भएको भन्दै आदेश गरेपछि प्रहरीले उहाँलाई काठमाडौँ पु¥याएको थियो ।
नागरिक दैनिकमा प्रकाशित ‘सप्तरीमा सुध्रँदो सुरक्षा’ भन्ने शीर्षकको समाचार पत्रकार झाबाट फेसबुकमा सार्वजनिक हुँदा गत जेठ १७ गते राति रहमानले “केको सुध्रिनु आफ्नै चोरी भएको बाइक फर्काउन पैसा तिर्नु परिरा’छ । त्यो पनि ५० हजार ।” भन्ने प्रतिक्रिया लख्नु भएको थियो ।
प्रतिक्रियाबाट आक्रोशित प्रहरीले राजविराज–३ स्थित रहमानकै जुत्ता–चप्पलको पसल अगाडिबाट गत जेठ १८ गते दिउँसो १ बजे गिरफ्तार गरी विद्युतीय कारोबार ऐन विपरीतको अपराध मुद्दा चलाएको थियो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले रु पाँच हजार धरौटी लिई तारेखमा रिहा गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ