News Category 2078/06/20
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सरकारले उपलब्ध गराएको तलब सुविधा नपाएको भन्दै धर्नामा बसेका राजविराजका बाल शिक्षक तथा कर्मचारीहरु बुधबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।
राजविराज नगरपालिकाको कार्यालयमा धर्नामा बसेका उनीहरु धर्ना स्थलबाटै संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
आन्दोलन संघर्ष समितिकी अध्यक्ष सुमित्रा दासको अध्यक्षतामा बसेको बैठकले असोज २२ गते मेयर, उपमेयर, प्रमुृख प्रशासकीय अधिकृत अधिकृतहरुलाई एसएमएस मार्फत मागहरु बारे जानकारी गराउने, असोज २३ गते “आन्दोलन जारि छ” भन्ने शिर्षकमा फेसबुकमार्फत जानकारी गराइने, असोज २४ गते राजविराज नगरपालिकाका १६ वटै वडा अध्यक्षलाई मोबाइलमार्फत एसएमएसद्वारा माँगहरु बारे जानकारी गराइने लगायतका निर्णयहरु गरिएको छ ।
नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन गठित संघर्ष समितिको माग रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ