News Category 2071/03/29
पत्नी र ९ महिने छोरीलाई अलपत्र छाडी इन्जिनियर गुप्ता फरार
राजविराज÷जिल्ला प्राविधिक कार्यालय सप्तरीका इञ्जिनियर देवनारायण गुप्ता ९ महिनाकी छोरीसहित पत्नीलाई अलपत्र छाडी फरार भएका छन् ।
राजविराज ९ स्थित साथी महेन्द्र सिंहको डेरामा अलपत्र छोडेर बेपत्ता भएको सप्तरीको कञ्चनरुप नगरपालिका ५ निवासी ५३ वर्षीय इञ्जिनियर गुप्ताकी ३५ वर्षीया पत्नी विष्णु खवास गुप्ताले जानकारी दिनुभयो ।
डेरा खोजेर आउँछु भनेर बिहीबार निस्कनु भएका पति फर्केर नआएपछि र फोन पनि नउठाएपछि वाध्य भई राजविराजस्थित सेफ हाउसमा शरण लिएको उहाँले बताउनु भयो ।
झापाको चन्द्रगढीमा कार्यरत रहदा ई. गुप्ताले झापाको शान्तिनगर गाविस ४ की विष्णुसँग इलामको पाथिभरा मन्दिरमा ०६९ पुस ३ गते विवाह गरेका थिए । ई. गुप्ताले पहिलो पत्नी अंशवण्डा भई छुट्टिएकी, दोस्रो पत्नीको निधन भएको भन्दै इलाम इरौटारस्थित बहुवन माध्यमिक विद्यालयमा शिक्षिका काम गरिरहेकी विष्णुका घरमै गई विवाहका लागि प्रस्ताव गरेका थिए । गुप्ताकी दोस्रो पत्नी इलाम इरौटारकी सिता पौडेलको मृत्यु नभई बेपत्ता बनाइएको पारिवारिक श्रोतले जनाएको छ ।
बिष्णुका छिमेकी एवं गुप्ताका साथी वृहस्पती खतीवडा र गोपाल पौडेलको सहयोगमा गुप्ताले विष्णुसँग मागी विवाह गरेका हुन् । विवाह पश्चात गर्भवती बनेकी विष्णुले भ्रुणहत्या गर्न नमानेपछि रिसाएका ई. गुप्ता ०७० साउनमा ६ महिनाको गर्भवती हुँदा नै पत्नीलाई छाडेर बेपत्ता भएका थिए । विष्णुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेपछि ई. गुप्ताले केही दिनपछि विवाह दर्ता र जन्म दर्ता बनाइ दिने भन्दै समय मागी तारेखमा बसेका थिए । आधा तलव दिएर अलग–अलग बस्नु भन्दा पत्नी र छोरीलाई घर लगी सम्मानसाथ राख्न प्रजिअ एकमणी नेपालले पटक–पटक गरेको आग्रह अटेर गरी गुप्ताले समय टार्दै तारेखमा बस्दै आएका थिए ।
सात महिनाअघि गुप्ताले तारेख छाडी झापास्थित जिल्ला प्राविधिक कार्यालय र परिवारलाई जानकारी नै नदिई विभागबाटै रमाना लिई सुटुक्क सरुवा गराइ सप्तरी आएका थिए ।
झापाबाट रमाना नलिई गुप्ताले विभागबाटै रमाना लिएर राजविराजस्थित जिल्ला प्राविधिक कार्यालय आएको पत्ता लागेपछि एकल महिला समूह झापाकी अध्यक्ष रेखा अधिकारीको सहयोगमा विष्णु छोरीसहित गत बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरी आएकी थिइन् ।
विष्णुले बालिका र आफ्नो भविष्यका लागि पालनपोषणको व्यवस्थासहित घरमा राख्न तथा विवाह र जन्म दर्ता बनाउन माग गरेपछि भएको छलफलपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरी बरालकै कार्यकक्षमा लिखित सहमति भएको थियो । सहमतिपत्रमा गुप्ताले पत्नी र छोरीलाई स्विकार्दै इज्जतअनुसार सँगै राख्ने र विवाह दर्ता र जन्म दर्ता बनाइ दिने भनी हस्ताक्षर गरेका छन ।
इन्सेक सप्तरी, एकल महिला समूह, कुरिती अन्त्यका लागि राष्ट्रिय सञ्जालसहितको संयुक्त पहलमा भएको सहमति प्रजिअ बराल, निमित्त स्थानीय विकास अधिकारी सुरेश राउत, महिला विकास अधिकृत सुशिला चौधरी, बालअधिकार अधिकृत पुनम चौधरीको रोहवरमा भएको थियो र विष्णु र छोरीलाई ई. गुप्ताको जिम्मा लगाइएको थियो ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले अलपत्र परेकी विष्णुलाई तत्काल जिल्ला सेवा केन्द्रको सेफ हाउसमा सुरक्षित राखिएको बताउनु भयो । ई. गुप्ता पानीमुनी गएपनि जिम्मेवारीबाट पन्छिन नसक्ने भन्नुहुँदै सप्तरीका प्रजिअ बराल भन्नुहुन्छ– ‘‘इञ्जिनियर गुप्ताका बारेमा झापादेखि आवश्यक ठाउँहरुमा बुझ्ने काम भएको छ, पत्नी र छोरीलाई पालनपोषण नगरे कानुनबमोजिम कारवाही हुन्छ ।’’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ