News Category 2071/03/28
शिक्षा कार्यालयले छात्रवृति रकम नदि“दा शहिदका छोराछोरीहरु बिच्चलीमा
दैनिक संवाददाता
राजविराज, २७ असार ।
जिल्ला शिक्षा कार्यालय सप्तरीमा शहिद परिवारका लागि आएको छात्रबृति रकम नदिएपछि शहिद परिवारका छोरा छोरीहरु बिच्चलीमा परेका छन् ।
सप्तरीको दिघवा गाविस २ बिरौल टोल निवासी शहिद गुल्टेन दासकी श्रीमति विमला देवी दासले राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी शहिद परिवारका लागि जिल्ला शिक्षा कार्यालयमा आएको छात्रवृति रकम नदिएको भन्दै आप्mना सात छोराछोरी बिच्चलीमा परेको बताईन ।
शहिदका छोराछोरीको लागि यस वर्ष आएको प्रति विद्यार्थी १५ हजारका दरले करिब ९० हजार छात्रवृतिको रकमका लागि आफु पटक–पटक जिल्ला शिक्षा कार्यालयमा दौडधुप गर्दा पनि कार्यालयले विभिन्न बहाना देखाई छात्रवृति वापतको रकम नदिएको पीडितले गुनासो पोखिन् ।
शहिद गुल्टेन दासकी ६ छोरी र १ छोराका लागि आएको सो छात्रवृति रकमका लागि पत्नी विमला देवीले विगत एक सातादेखि जिल्ला शिक्षा कार्यालयमा धाउँदा पनि कार्यालयका कर्मचारीहरुले शहिद भएको प्रमाणपत्र माग्दै आएको पीडितले पत्रकार सम्मेलनमा जानकारी दिईन ।
मधेशी पत्रकार समाज सप्तरीको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा शहिदकी पत्नी विमलाले यसअघिल्लो वर्ष आफुले छात्रवृति रकम सहजै रुपमा पाएका थियौं, तर यस वर्ष दर्जनौ पटक शिक्षा कार्यालयमा दौडधुप गर्दा पनि छात्रवृति वापतको रकम पाउँन नसकेको गुनासो पोखिन् ।
उहाँका ६ जना छोरीहरु क्रमश अन्जनी कुमारी दास कक्षा १०, कंचन कुमारी दास १० कक्षा, किरण कुमारी दास ९ कक्षा, कल्पना कुमारी दास र चिन्ता कुमारी दास कक्षा ५ र छोरा दिपक कुमार दास युकेजीमा अध्ययनरत रहेका छन ।
छोरीहरु घर नजिकैको नर बहादुर जनता उमावि पकरी सोनरामा अध्ययनरत रहेको तथा छात्रवृति वापतको रकम नपाँदा छोराछोरीहरुलाई लालन पालन तथा पढाई लेखाई गर्नमा समस्या उत्पन्न भएको पीडितले बताईन ।
उहाँले संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग छात्रवृति रकम अबिलम्ब उपलब्ध गराई दिनुहुन आग्रह गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ