News Category 2071/03/28
शिक्षा कार्यालयले छात्रवृति रकम नदि“दा शहिदका छोराछोरीहरु बिच्चलीमा
दैनिक संवाददाता
राजविराज, २७ असार ।
जिल्ला शिक्षा कार्यालय सप्तरीमा शहिद परिवारका लागि आएको छात्रबृति रकम नदिएपछि शहिद परिवारका छोरा छोरीहरु बिच्चलीमा परेका छन् ।
सप्तरीको दिघवा गाविस २ बिरौल टोल निवासी शहिद गुल्टेन दासकी श्रीमति विमला देवी दासले राजविराजमा एक पत्रकार सम्मेलनको आयोजना गरी शहिद परिवारका लागि जिल्ला शिक्षा कार्यालयमा आएको छात्रवृति रकम नदिएको भन्दै आप्mना सात छोराछोरी बिच्चलीमा परेको बताईन ।
शहिदका छोराछोरीको लागि यस वर्ष आएको प्रति विद्यार्थी १५ हजारका दरले करिब ९० हजार छात्रवृतिको रकमका लागि आफु पटक–पटक जिल्ला शिक्षा कार्यालयमा दौडधुप गर्दा पनि कार्यालयले विभिन्न बहाना देखाई छात्रवृति वापतको रकम नदिएको पीडितले गुनासो पोखिन् ।
शहिद गुल्टेन दासकी ६ छोरी र १ छोराका लागि आएको सो छात्रवृति रकमका लागि पत्नी विमला देवीले विगत एक सातादेखि जिल्ला शिक्षा कार्यालयमा धाउँदा पनि कार्यालयका कर्मचारीहरुले शहिद भएको प्रमाणपत्र माग्दै आएको पीडितले पत्रकार सम्मेलनमा जानकारी दिईन ।
मधेशी पत्रकार समाज सप्तरीको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा शहिदकी पत्नी विमलाले यसअघिल्लो वर्ष आफुले छात्रवृति रकम सहजै रुपमा पाएका थियौं, तर यस वर्ष दर्जनौ पटक शिक्षा कार्यालयमा दौडधुप गर्दा पनि छात्रवृति वापतको रकम पाउँन नसकेको गुनासो पोखिन् ।
उहाँका ६ जना छोरीहरु क्रमश अन्जनी कुमारी दास कक्षा १०, कंचन कुमारी दास १० कक्षा, किरण कुमारी दास ९ कक्षा, कल्पना कुमारी दास र चिन्ता कुमारी दास कक्षा ५ र छोरा दिपक कुमार दास युकेजीमा अध्ययनरत रहेका छन ।
छोरीहरु घर नजिकैको नर बहादुर जनता उमावि पकरी सोनरामा अध्ययनरत रहेको तथा छात्रवृति वापतको रकम नपाँदा छोराछोरीहरुलाई लालन पालन तथा पढाई लेखाई गर्नमा समस्या उत्पन्न भएको पीडितले बताईन ।
उहाँले संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायत सम्बन्धित सबै पक्षसँग छात्रवृति रकम अबिलम्ब उपलब्ध गराई दिनुहुन आग्रह गरेकी छिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ