News Category 2071/03/28
बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरण गर्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २७ असार ।
बालबालिकाहरुमाथि हुने विभेद, हिंसा र भेदभाव न्यनिकरणका लागि सम्पुर्ण जिम्मेवार निकायहरु जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन ।
जिल्ला विकास समितिको सहयोग तथा विवेकशिल युवा जागरण केन्द्र नेपालको आयोजनामा सप्तरीको देउरी भरुवा गाविस ३ स्थित मुस्लिम टोलमा बालबालिका विरुद्ध हुने भेदभाव, हिंसा तथा विभेद न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
आयोजक संस्थाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा स्थानीय समाजसेवी मो. जैनुल मियाँको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल परिवार दलका जिल्ला कोषाध्यक्ष मो. बब्लु खाँ, पत्रकार शुभ नारायण यादव, समाजसेवी बद्री नारायण यादव, अहेव मंजु यादव, बिपीएच कविता यादव, शिक्षिका विभा यादव, हुर्क नेपालका अध्यक्ष पार्थो सरकार, संस्थाका परमेश्वर यादव, माजुन याखव, आशा कुमारी यादव सहितका बक्ताहरुले भविष्यका कर्णाधार बालबालिकाहरुमाथि हुने भेदभाव, हिंसा र विभेद न्युनिकरणका लागि ग्रामिण भेगका स्थानीयहरु सक्रिय भएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यसैगरी झल्ही फर्सैठ र विषहरिया गाविसको दलित बस्तीमा समेत उक्त कार्यक्रमको आयोजना गरेको थियो । संस्थाका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षता तथा स्थानीय दलित अगुवा तुलसी सदाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा नेपाल परिवार दलका जिल्ला कोषाध्यक्ष मो.बब्लु खाँ, पत्रकार शुभ नारायण यादव, समाजसेवी बद्री नारायण यादव, अहेव मंजु यादव, बिपीएच कविता यादव, शिक्षिका विभा यादव सहितले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तिन गाविसका करिब एक सय भन्दा बढीको सहभागिता रहेको आयोजक संस्थाका ईन्द्र देव ठाकुरले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ