News Category 2078/08/21
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख र उपप्रमुखबीच मंगलबार कुटाकुट हुँदा अध्यक्षको दात भाचिएको छ भने उपाध्यक्षको हातमा चोट लागेको छ ।
किसानका लागि ल्याइएको बिऊ बिजन बितरण गर्ने विषयमा उत्पन्न विवादका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच कुटाकुट भएको हो ।
अध्यक्ष र उपाध्यक्षबीच भएको कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दात भाचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ । कुटपिटबाट घाइते भएका दुबैको स्थानिय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानियवासीले जानकारी दिएका छन् ।
बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामाथी कुर्सीले आक्रमण गर्दा अध्यक्षको दात टुटेको र उपाध्यक्षको हातमा चोट लागेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बिऊ बिजन बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो ।
यता डिएसपी माधवप्रसाद काफ्लेले घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटाइएको एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान थालेको जानकारी दिएका छन् ।
विगत दुई वर्षदेखी सो गाउँपालिकाको गाउँ सभा हुन नसकेको अवस्थामा गत हप्ता मात्र गाउँ सभा सम्पन्न भएको थियो । सभा सम्पन्न भएपछि डाकिएको कार्यपालिकाको बैठकमा दुबैबीच भएको विवादले उग्ररुप लिएपछि उक्त दुखद घटना भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ