News Category 2071/05/29
शसस्त्र प्रहरीद्वारा संचारकर्मीप्रति अभद्र व्यवहार
राजविराज÷शसस्त्र प्रहरीले दुई संचारकर्मीमाथी शनिबार क्यामरा खोसी अभद्र व्यवहार गरेको छ ।
नेपाल पत्रकार महासंघका सदस्य एवं ग्रीन मधेश दैनिकका समाचारदाता गंगाप्रसाद साह र राजबिराज टुडेका भारदह समाचारदाता आनन्दमोहन शर्मालाई शसस्त्र प्रहरीले शनिबार दुब्र्यवहार गरि शर्माको क्यामेरा खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ ।
महासंघका सचिव ओमप्रकाश साहद्वारा शनिबार जारि विज्ञप्तिमा पुनराबेदन अदालत राजबिराजको आदेशले अदालतका कर्मचारी समेतको उपस्थितीमा पोर्ताहा गाविस २ स्थित महाबिर राम र हिरालालको घर टहरा भत्काएको समाचार संकलनका क्रममा फोटो खिच्न खोज्दा शसस्त्र प्रहरी भारदह बेशबाट गएको टोलीले पत्रकारद्धयलाई दुब्यबहार गरी क्यामेरा खोसेको जनाइएको छ ।
शसस्त्र प्रहरीबाट भएको उक्त घटना अत्यन्त निन्दनीय भएकोले खेद ब्यक्त गदै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहोर्याउन सचेत गराउर्दै प्रेस स्वतन्त्रता बिरुद्ध हुने यस्ता घटनाका बिरुद्ध महासंघ कडा आन्दोलनमा जान सक्ने जानकारी समेत दिइएको छ ।
यसैगरि नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष रामनारायण विश्वसाले एक विज्ञप्ति जारि गर्दै सशस्त्र प्रहरीको सो कार्यप्रति घोर भत्र्सना गरिएको छ । विज्ञप्तिमा सशस्त्रले पत्रकारको क्यामेरा खोस्नु जनतालाई सूचना पाउनबाट बञ्चित गराउनु मनसायबाट प्रेरित भएको ठहर गरिएको छ ।
सशस्त्र प्रहरी जवान दिलकुमार लिम्बुले खोसेको निकोनको एक थान क्यामेरा अविलम्ब युनियनका कार्यसमिति सदस्य आनन्दमोहन शर्मा ‘राजु’ लाई उपलब्ध गराई आईन्दा यस्तो गैरजिम्मेवार कार्य सम्बन्धित पक्षबाट हुन नदिने तर्फ सचेत हुन सम्बन्धित पक्षलाई विज्ञप्ति मार्फत चेतावनी दिइएको छ ।
साथै विज्ञिप्तमा भनिएको छ, “हाम्रो माग यथासिघ्र पूरा नभए हामी चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने जानकारी यसै विज्ञप्ती मार्फत सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ