News Category 2071/05/30
डा. राउतको गिरफ्तारीप्रति युवाहरुद्वारा बिरोध प्रदर्शन विभिन्न संघ संस्थाद्वारा निन्दा एवं भत्र्सना
दैनिक संवाददाता
राजविराज, २९ भदौं ।
मोरंगको रंगेली नजिकबाट नेपाल प्रहरीले मधेशी बुद्धिजिवि तथा बैज्ञानिक डा. सि.के. राउतलाई शनिबार साँझ गिरफ्तार गरेको प्रति आइतबार राजविराजसहित मधेशका जिल्लाहरुमा युवाहरुले रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।
स्वतन्त्र मधेश संगठनका संयोजक समेत रहेका डा. राउतको रिहाईको माग गर्दै यूवाहरुले गृहमन्त्रीको पुत्ला समेत जलाएका छन् । सोही अवसरमा विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवले राउतलाई रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ । त्यसैगरि सो कार्यक्रममा निरज झा, निराजन झा, सरोज दास लागयतले डा. राउतको रिहाईका माग गर्नु भएको छ ।
यस्तै तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आइतबार एक वक्तब्य प्रकाशित गरि मुलुकको प्रचलित कानून अनुसार पव्रmाउ पुर्जी नदिई तथा पव्रmाउ गरिनुको कुनै कारण नबताई राउतलाई गरिएको गिरफ्तारी मधेसमा अझै पंचायती व्यवस्था नै कायम रहेको पुष्टी गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यो घटना विगत केही महिनादेखि मधेसमा सरकारबाट निरन्तर भैरहेको गैर न्यायिक हत्या र राजनीति पे्ररित दमनकै पछिल्लो रुप हो ।”
विज्ञप्तिमा अगाडी भनिएको छ, “शान्तिपूर्ण रुपमा सभा र भेलाहरुमा आफ्ना विचारहरु राख्नु नेपालको अन्तरिम संविधानको वर्खिलाप पनि होईन । खासगरी राजनीतिक रुपमा एकात्मवादी र व्यवहारमा परम्परा देखिनै दमनकारी रहेको विद्यमान राज्यको संरचनामा आमूल रुपान्तरण गर्ने यस वेलामा कसैको विचार अभिव्यक्तिको बिषयलाई लिएर गिरफ्तार गरिनु सर्वथा अनुचित कार्य हो ।”
त्यस्तै विज्ञप्तिमा राज्यले गरेको अनुचित कार्य प्रति भत्र्सना गर्दै तराई मधेस राष्ट्रिय अभियान तत्काल सि.के. राउतलाई रिहा गर्न माग गरेको छ ।
सोही विज्ञप्तिमा सि.के. राउतले एक अनावश्यक तथा असान्दर्भिक विचारलाई अगाडी बढाएपनि उनले शसस्त्र बाटो अख्तियार नगरेको प्रस्ट पार्दै अगाडी भनिएको छ, “नेपालको मधेसलाई एक अलग स्वतन्त्र राष्ट्र बनाउने सि.के. राउतले थालेको कार्य एक अनावश्यक, असान्दर्भिक कार्य हुन् । यसको समर्थन गर्न सकिदैन । मधेसको हक अधिकारको सवालमा नेपालको बिखण्डनको प्रस्ताव गर्नु र शसस्त्र कारवाहीको माध्यमलाई अपनाउनु उचित होइन । इतिहासको बिभिन्न अनुभवहरुको आधारमा यस प्रकारको अतिवादी कार्यले दमनकारी राज्यलाई नै सहयोग पु¥याएको कुरामा सि.के. राउतले बिशेष ध्यान दिनु जरुरी छ ।”
यसैगरि मधेसी पत्रकार समाज पर्सा शाखाको आइतबार सम्पन्न बैठकले मधेसका होनहार युवा एवं मधेसको अधिकार सम्वन्धमा आवाज उठाउने बिशलेषक डा. सिके राउतको नेपाल प्रहरीले गैर कानुनी तरिकाले गिरफ्तारी गरि चरित्र हत्या गर्ने प्रयास गरेको जनाएको छ ।
सरकारद्वारा मधेस र मधेसीमाथी शोषण दमनको एवं मधेस बिरुद्ध गलत मानसिकताको कारण सि.के. राउतको बिना कारण पक्राउ गरिएकोमा अबिलम्ब रिहाईको मांग गर्दै आउदा दिनमा यस्ता गलत गतिबिधी नगर्न राज्यसँग अनुरोध गरेको छ ।
यसैगरि नागरिक समाजका अगुवा पद्मरत्न तुलाधार, कृष्ण आक्षेतु, पूर्व सभामुख दमननाथ ढुगाना, मधेशी बुद्धिजिवि तुलानारायण साह, पूर्व राजदुत बिजयकान्त लाल कर्णल लगायतले सामाजिक संजाल मार्फत डा. राउतको रिहाईका लागि अपिल गर्नु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/23 निर्वाचनबाट सहि नेतृत्व र सहि ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
- 2082/10/23 जिल्लामा आचारसंहिताको गम्भीर उल्लंघन भइरहेको छ ः नेवि संघ
- 2082/10/23 पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी
- 2082/10/22 चुनावको मुखमा आफूलाई बदनाम गर्न विभिन्न खाले षडयन्त्र रचिदै छ ः उम्मेदवार चौधरी
- 2082/10/22 पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
- 2082/10/22 पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ