News Category 2078/09/15
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिहीबार सप्तरी र रौतहट बिजयी भएका छन् ।
सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो । मबिव क्याम्पस खेलमैदानमा टस जितेर धनुषाले निर्धारित ४७ ओभरको खेलमा ३५ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाई १ सय ३ रन मै सिमित रहयो । जसमा हिमांसु दत २६, हरेकृष्ण साह २१, रंजित यादब १९ तथा रौनक रत्नमले १० रन बनाएका थिए ।
बलिङतर्फ सप्तरीका स्पिनर अजय यादबले १० ओभरमा २६ रन दिएर ७ बिकेट लिएका थिए भने रोहित सिँह, अनिल यादब, बिकास दासले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सप्तरीले २७ ओभर २ बल खेल्दै ५ बिकेट गुमाएर उक्त जित हासिल गरेको छ । जसमा टिमलाई जिताउन महबुव आलमले अविजित ३८, रोबिन सिँह अबिजित २८ तथा निरज यादबले १५ रन बनाएका थिए । यता धनुषाका दिवयान्सु मल्लिकले ३ बिकेट तथा रूपेश यादब र आकाश यादबले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच सप्तरीका अजय यादब घोषित भए ।
यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ७५ रनले हराएको छ । टस जितेर रौतहटले निर्धारित ४० ओभरमा ८ बिकेट २ सय ४४ रन बनाएको थियो । जसमा सुरज साहले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ५ छक्का र ४ चौक्काको मदतले अविजित ८६ रन बनाएका थिए । त्यस्तै सचिन यादब ३८ र असचल चौधरी ३६, डब्लु मल्लिक २० रन र राज पटेल १२ रन जोडेका थिए ।
यता बलिङतर्फ महोत्तरीका जेम्स मण्डल ४ बिकेट तथा आरसद अंसारी र रबी सिँह १÷१ बिकेट हात पारेका थिए । जवाफमा महोत्तरीले ३३ ओभर ३ बलमै सबै बिकेट गुमाई १ सय ६९ रन मै सिमित रहयो । जसमा सुजित साह ३९ रन, राहुल प्रताप सिँह ३८ रन हरेकृष्ण झा २७ रन राजकुमार सहनीले १४ रन बनाएका थिए ।
बलिङतर्फ रौतहटका राजेश यादब ३ बिकेट नितेश यादब र डब्लु मल्लिक २÷२ तथा नरेश साह, शनि साह, सुरज साह १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका सुरज साह घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/12/09 सप्तरी प्रहरीद्वारा दुई दिनमा ३८ क्विन्टल भन्दा बढी गाजा नष्ट
- 2081/12/09 कोशी कोलोनीमा सडक बन्ने
- 2081/12/09 दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मृत्यु
- 2081/12/09 भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४ लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
- 2081/12/09 नेवि संघले ग¥यो पाँच जनालाई कारवाही
- 2081/12/08 मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
- 2081/12/08 गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
- 2081/12/08 ठूलो परिमाणमा बरामद गाजा नष्ट
- 2081/12/08 निःशुल्क स्वास्थ्य जाँच शिविरमा ९ जनाको बिना अपरेशन उपचार
- 2081/12/08 कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ