News Category 2078/09/15
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी
दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगितामा बिहीबार सप्तरी र रौतहट बिजयी भएका छन् ।
सप्तरीका स्पिनर अजय यादबले उत्कृष्ट बलिङ गर्दै धनुषाको ७ बिकेट लिएपछि उक्त जित हासिज गरेको हो । मबिव क्याम्पस खेलमैदानमा टस जितेर धनुषाले निर्धारित ४७ ओभरको खेलमा ३५ ओभर ४ बल खेल्दै सबै बिकेट गुमाई १ सय ३ रन मै सिमित रहयो । जसमा हिमांसु दत २६, हरेकृष्ण साह २१, रंजित यादब १९ तथा रौनक रत्नमले १० रन बनाएका थिए ।
बलिङतर्फ सप्तरीका स्पिनर अजय यादबले १० ओभरमा २६ रन दिएर ७ बिकेट लिएका थिए भने रोहित सिँह, अनिल यादब, बिकास दासले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सप्तरीले २७ ओभर २ बल खेल्दै ५ बिकेट गुमाएर उक्त जित हासिल गरेको छ । जसमा टिमलाई जिताउन महबुव आलमले अविजित ३८, रोबिन सिँह अबिजित २८ तथा निरज यादबले १५ रन बनाएका थिए । यता धनुषाका दिवयान्सु मल्लिकले ३ बिकेट तथा रूपेश यादब र आकाश यादबले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच सप्तरीका अजय यादब घोषित भए ।
यसैगरी बिहीबारै सम्पन्न दोस्रो खेलमा रौतहटले महोत्तरीलाई ७५ रनले हराएको छ । टस जितेर रौतहटले निर्धारित ४० ओभरमा ८ बिकेट २ सय ४४ रन बनाएको थियो । जसमा सुरज साहले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ५ छक्का र ४ चौक्काको मदतले अविजित ८६ रन बनाएका थिए । त्यस्तै सचिन यादब ३८ र असचल चौधरी ३६, डब्लु मल्लिक २० रन र राज पटेल १२ रन जोडेका थिए ।
यता बलिङतर्फ महोत्तरीका जेम्स मण्डल ४ बिकेट तथा आरसद अंसारी र रबी सिँह १÷१ बिकेट हात पारेका थिए । जवाफमा महोत्तरीले ३३ ओभर ३ बलमै सबै बिकेट गुमाई १ सय ६९ रन मै सिमित रहयो । जसमा सुजित साह ३९ रन, राहुल प्रताप सिँह ३८ रन हरेकृष्ण झा २७ रन राजकुमार सहनीले १४ रन बनाएका थिए ।
बलिङतर्फ रौतहटका राजेश यादब ३ बिकेट नितेश यादब र डब्लु मल्लिक २÷२ तथा नरेश साह, शनि साह, सुरज साह १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका सुरज साह घोषित भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ