News Category 2071/05/31
प्रहरी र प्रर्दशनकारी बिच झडप डेढ दर्जन घाईते, दुई जना नियन्त्रणमा विभिन्न संघसंस्था तथा पार्टीबाट डा. राउतको गिरफ्तारीको भत्र्सना
दैनिक संवाददाता
राजविराज, ३० भदौं ।
डा. सिके राउतलाई बिनाशर्त रिहाईको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा सोमबार प्रदर्शनकारीहरुले चक्काजाम गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सो झडपमा डेढ दर्जन व्यक्ति घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वतन्त्र मधेशी युवा विद्यार्थी संजाल सप्तरीको अगुवाइमा चक्काजाम गर्न खोज्दा झडप हुँदा किशोर कुमार यादव केसी र सुरेन्द्र शर्मा मधेशीलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनकारी मध्ये एक निरज मुक्तिले जानकारी दिनुभएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका मध्ये प्रहरीको लाठ्ठी चार्जबाट यादवको हातको हडी भाचिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय भारदहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गरेको लाठ्ठी चार्जको बिरुद्धमा भारदहमा प्रदर्शनकारीहरुले बजार परिक्रममा गरि बिरोध प्रदर्शन गरेका छन् ।
स्वतन्त्र मधेसी युवा तथा बिद्यार्थी संजाल नामको संगठन गठन गरि उनीहरुले आईतबार डा राउतको रिहाईको माग गर्दै राजविराजमा गृहमन्त्रीको पुत्ला समेत जलाएका छन् ।
यसैगरि सोमबार विद्यार्थी संजालले डा. राउतको निशर्त रिहाईका माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन समेत पठाएका छन् ।
यस्तै सेकडिहुरफका अध्यक्ष आभासेतु सिंहले सोमबार एक विज्ञप्ति जारि गर्दै डा. राउतको बिना शर्त रिहाईको माग गर्नुभएको छ । जारि विज्ञप्तिमा संघीय लोकतान्त्रिक नेपालमा शान्तिपूर्वक आफ्नो विचार राख्न, सभा, सम्मेलन र संगठन गर्न पाउने प्रत्येक नागरिकको संबैधानिक अधिकार हो भनिएको छ ।
यसैगरि राष्ट्रिय मधेश समाजवादी पार्टी राष्ट्रिय सचिवालयले एक विज्ञप्ति जारि गर्दै डा. राउतको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाउँदै रिहाईको माग गरेको छ ।
केन्द्रिय प्रवक्ता केशव झाद्वारा जारि विज्ञप्तिमा स्वतन्त्र र निर्वाध रुपमा अहिंसात्मक तरिकाले आफ्नो विचार राख्न पाउनु नागरिकको अधिकार रहेको भन्दै राज्यले नागरिकको संरक्षण गर्नुपर्ने दायित्व हो भनिएको छ ।
विज्ञप्तिमा प्रहरीले उल्टै अपहरणको शैलीमा गिरफ्तार गर्नुले शंका उब्जाएको भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “हामीले नेपालमै सबै नेपालीलाई समान दृष्टिले हेरिनु पर्दछ, विभेदको शिकार बनाईनु हुँदै र संघीयता सहित स्वायत प्रदेशको ग्यारेन्टी हुनु पर्दछ भन्ने हाम्रो माग हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ