News Category 2078/09/20
धनुषा र बारा प्रधानमन्त्री कप छनोट प्रतियोगिताको फाइनलमा भिड्ने
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि राजविराजमा जारि प्रदेश २ स्तरिय छनोट प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा धनुषा र बारा बिजयी भएका छन् । दुबै टिम बुधबार हुने फाईनल खेलमामा भिड्ने छन् ।
मंगलबार सम्पन्न खेलमा धनुषाले सिरहालाई ७ बिकेटले तथा बाराले सप्तरीलाई ९५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाए ।
मविव क्याम्पस खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको सिरहाले ३४ ओभरमा सम्पूर्ण बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा सुमन गहतराजले ३३, शैलेन्द्र साह २९ तथा रूपेश सिँहले १९ रनको योगदान गरेका थिए । बलिंङतर्फ धनुषाका विशाल सुशलिंग र श्याम राय ३÷३ बिकेट तथा आकाश सिँहले २ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङ गर्दै धनुषाले २७ दशमलव ४ बलमा ३ बिकेट गुमाउँदै बिजयी लक्ष्य प्राप्त गरेको थियो । धनुषाका लागि विशाल सुशलिंगले उत्कृष्ट ब्याटिंग गर्दै अविजित ५९ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भए ।
मंगलबारै बारा र सप्तरीबीच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । उक्त खेलमा बाराले टस जितेर ब्याटिङ रोज्दै ४६ ओभरमा ७ बिकेट गुमाएर २ सय ६१ रनको चुनौती पेस गरेको थियो । जसमा मेघराज महरा र साहिल पटेलले समान ४२÷४२ रन तथा निखिल सिंह (अविजित) ३९ र अरनिको २८, जितेन्द्र यादबले (अविजित) २६ र कुमार थापाले २० रनको योगदान दिएका थिए । बलिङतर्फ सप्तरीका अजय यादबले ३, रोबिन सिंहले २ तथा महबुव आलम र अनिल यादबले १÷१ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा सप्तरी ३७ दशमलव २ ओभरमा सबै बिकेट गुमाई १ सय ६६ रन मात्र बनाउन सकेको थियो । जसमा अमित मण्डलले सर्वाधिक ५४, रोहन बिक २१, महबुव आलम १६ र बिकास दास १७ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् ।
बलिङतर्फ बाराका समीर नेपाल ३, भुलवन सहनी २ तथा आशुतोष पटेल, जितेन्द्र यादब, कुमार थापा र अरनिको यादब १÷१ बिकेट लिएका थिए । उक्त खेलको म्यान अफ दि म्याच बिजयी टिमका अरनिको यादब घोषित भए ।
प्रतियोगिताको फाईनल खेल बुधबार सम्पन्न हुने क्रिकेट सघ सप्तरीका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ