News Category 2078/09/21
बारालाई प्रदेश २ क्रिकेटको उपाधी
 
                
            
दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि राजविराजमा भएको प्रदेश २ स्तरिय छनोट प्रतियोगिताको उपाधी बाराले जितेको छ । 
    राजविराजस्थित राजरंगशालामा बुधबार भएको फाइनल खेलमा बाराले धनुषालाई ३४ रनले पराजित गर्दै उपाधी जितेको हो । 
    टस जितेर बाराले पहलिो ब्याटिङ गर्दै १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा तिर्थराज दास २३, साहिल पटेल १६, जितेन्द्र यादब १७, रबी साह १४ र आशुतोष पटेल तथा निखिल सिँहले समान १०/१० रनको योगदान दिएका थिए । बलिंङतर्फ धनुषाका आकाश राय ३, बिकास सुशलिंग र रूपेश यादबले २/२ बिकेट हात पारेका थिए । 
    १ सय २६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको धनुषा २२ दशमलव ५ ओभरमै ९१ रनमा समेटिएको थियो । धनुषाका लागि अकबर अली (अविजित) ३८ र परशुराम यादबले ११ रनको योगदान दिएका थिए । अन्य ब्याट्समयानले दोहोरो अंक पार गर्न सकेनन् । बलिंङतर्फ बाराका समीर नेपालले उत्कृष्ट बलिंग गर्दै ४, आशुतोष पटेल, जितेन्द्र यादब र कुमार थापाले २/२ बिकेट बाडेका थिए । उक्त फाइनल खेलको म्यान अफ दि म्याच बाराका समीर नेपाल घोषित भए । 
    प्रतियोगिताको म्यान अफ दि सिरिज सप्तरीका अजय यादब, बेस्ट ब्याट्सम्यान सिरहाका म्यान शैलेन्द्र साह तथा सप्तरीका अजय यादब बेस्ट बलर घोषित भए । 
    प्रदेश २ क्रिकेट संघको सहयोगमा क्रिकेट संघ सप्तरीले आयोजना गरेको प्रतियोगितामा बिजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष रोशन सिँह, प्रदेश २ क्रिकेट संघका अध्यक्ष हिरा भगत, प्रदेश २ का उपाध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, कोषाध्यक्ष तुलानाथ माझी लगायतले पुरस्कार बितरण गरे । कार्यक्रमको संचालन सप्तरी क्रिकेट संघका सचिव चन्दन कुमार यादबले गरेका थिए ।
    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटे प्रतियोगिता यही पुस २५ गतेदेखी काठमाडौंमा हुने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ
