News Category 2078/09/25
भारत्तोलनका खेलाडीहरुको विदाई
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
पुस २७ गतेदेखी काठमाडौंमा आयोजना हुने २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारत्तोलन प्रतियोगितामा सहभागि हुन गएका सप्तरीका खेलाडीहरुलाई आईतवार विदाई गरिएको छ ।
भारत्तोलन संघ सप्तरीले पुष २७ देखी पुष २९ सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागी छनौट भएका एक जना पुरुष तथा सात जना महिला खेलाडीलाई एक कार्यक्रमबीच विदाई गरेको हो ।
सो अवसरमा भारत्तोलनका सहायक प्रशिक्षक पुन्तीलाल यादवले उक्त प्रतियोगीतामा सप्तरीका खेलाडीले विभिन्न आठ तौल समुहमा प्रतिस्पर्धा गर्ने र कम्तिमा चार स्वर्ण पदक जित्ने दाबी गरे । उनले प्रतियोगितामा मुलुकै सबभन्दा कान्छी खेलाडीको रुपमा सप्तरीबाट १३ वर्षिया अन्जली यादव र अम्बिका यादव सहभागी हुन लागेको जानकारी पनि दिए ।
विदाईका अवसरमा राजविराज ७ निवासी खेल प्रेमि एवं समाजसेवी त्रिलोक प्रसाद उपाध्यायले ब्यक्तmीगत रुपमा खेलाडीहरुलाई ट्रयाकसुट प्रदान गरेका थिए ।
भारत्तोलन संघ सप्तरीका अध्यक्ष एवं केन्द्रिय सदस्य महेश यादवले खेलाडीहरुलाई विदाई गर्दै अनुशासन र नियमको पालना गर्दै अघि बढ्न सुझाव दिए । विदाई समरोहमा संघका सचिव गोपाल प्रसाद गुप्ता, सल्लाहकार नवीन कुमार गुप्ता, खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी लगायतले शुभकामना दिएका थिए ।
प्रतियोगितामा तीन विभागीय टोलीका साथै देशभरका २ सय ४५ भन्दा बढी खेलाडी र अफिसियलको सभागिता रहने भारत्तोलन संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ