News Category 2071/06/03
नगरपालिकाको उदासिनताले पशुहाट अझै व्यवस्थित भएन
दैनिक संवाददाता
राजविराज, २ असोज ।
राजविराज नगरपािलकाको उदासिनताका कारण सप्तरी सदरमुकाम राजविराजस्थित अदालत रोडमा हाटको दिन प्राय सधै सडक जाम हुने समस्या अझै कायमै रहेको छ ।
नेपालीहरुको महान चाड दशै आउँन एक साता मात्र बाँकी रहदा राजविराजस्थित अदालत रोडको मालपोत कार्यालय नजिकदेखि राम मन्दिर सम्मको सडक प्राय सधै हाटको दिन सोमबार र बिहीबार खसी बोकाले सडक जाम गर्ने गरेका छन ।
बडादशै नजिकिदै जादाँ जिल्लाका विभिन्न स्थानबाट आएका खसी बोका ब्यापारी तथा उपभोक्ताहरुले बिच सडकमै खसी बोका खरिद बिक्रि गर्ने गरेका कारण प्राय हाटका दिन राजविराजको अदालत रोडमा यातायात अवरुद्ध हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
राजविराज नगरपालिकाको उदासिनताका कारण त्यहाँ प्रत्येक साताको हाटका दिन अर्थात सोमबार र बिहिबार बिच सडकमै खसी बोकाका हाट लगाउँने गरिएको छ । नजिकिदै गरेको दशै तिहारको पुर्व सन्ध्यामा राजविराजस्थित बिच सडकमै खसी बोकोको अव्यवस्थित हाट लगाउँने कारण सदरमुकामको मुख्य सडक नै अवरुद्ध हुदाँ सवारी साधन आवत जावत समेतमा समस्या उत्पन्न हुने गरेको छ ।
वर्षौदेखिको उक्त समस्या समाधानका लागि राजविराज नगरपालिका तथा सम्बन्धित निकाय मौन बसेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ