News Category 2078/10/23
ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिने
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा अस्पतालले ५० प्रतिशत छुट दिनुपर्ने सरकारले व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको हो ।
आर्थिक वर्ष २०७७÷७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा सुरु भएका छन् ।
प्रदेश १ को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कोशी अस्पताल, विराटनगर, मेची अस्पताल, भद्रपुर र उदयपुर अस्पताल, उदयपुरमा सो सेवा सुरु भएको हो ।
त्यस्तै मधेश प्रदेशको नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुर, गौर अस्पताल, रौतहट र गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरीचस्मा सेवा उपलब्ध रहेको जनाइएको छ ।
त्यसैगरि बागमती प्रदेशमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर, भरतपुर अस्पताल, भरतपुर, वीर अस्पताल, काठमाडौं, हेटौँडा अस्पताल, मकवानपुर, राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंमा रहेको छ भने गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा र धौलागिरी अस्पताल, बागलुङ उक्त सेवाहरु सुरु भएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा भेरी अस्पताल, नेपालगञ्ज, बाँके, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ र लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही, कर्णाली प्रदेशमा प्रदेश अस्पताल, सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तथा सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल, धनगढी र डडेल्धुरा अस्पताल, डडेल्धुरामा सेवाहरु उपलब्ध छन् ।
७० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरेको भए सोही बिमा रकमबाट स्वास्थ्य उपचार प्रदान गर्नुपर्ने र बिमा रकम अपुग भएको अवस्थामा मात्र अस्पतालको जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ