News Category 2078/11/02
गोपाल गोतामे पत्रकारिता पुरस्कारबाट प्रेस स्वतन्त्रता सेनानी झा सम्मानित
दैनिक समाचारदाता
पर्सा, २ फागुन ।
प्रेस स्वतन्त्रता सेनानी एवं सप्तरीका वरिष्ठ पत्रकार वैजनाथ झा मोफसलको प्रतिष्ठित गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
गोपालचन्द्र गौतम प्रतिष्ठानले सोमबार वीरगञ्जमा आयोजना गरेको ११औँ पुरस्कार वितरण समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार झालाई एक तोला सुनको पदक र प्रमाणपत्रले सम्मानित गर्नुभएको हो ।
तीन दशकभन्दा बढी समयदेखि सप्तरीमा रही जनसरोकारका विषयमा कलम चलाउँदै आएका पत्रकार झालाई सम्मानित गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने पत्रकारको सम्मान जस्ता कार्यले लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले जनताका पक्षमा कलम चलाउने र समाजमा व्यापक भेदभाव, भ्रष्टाचारलाई समाप्त पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको मनोबल उच्च बनाउन महानगरपालिकाले रु पाँच लाख प्रतिष्ठानलाई प्रदान गर्ने घोषणा समेत गरे ।
प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले चालू आर्थिक वर्षदेखि नै लागू हुनेगरी मधेस प्रदेशमा रहेका पत्रकारको जीवन बिमा गर्नुका साथै वरिष्ठ पत्रकारलाई पेन्सन दिने तयारीमा लागेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ